इभेन्ट एण्ड आइडियाजको ग्लामर नाइट

इभेन्ट एण्ड आइडियाजको ग्लामर नाइट


लण्डन । इभेन्ट एण्ड आइडियाज वेलायतले गत फेब्रुअरी २६ तारिख शनिवार, फोक्स्टोनको होकिन्ज कम्युनिटी सेन्टरमा भब्य ‘ग्लामर नाइट’ को आयोजना गर्‍यो । यो कार्यक्रम गत बर्षको अक्टोवरमा मिस् यूके नेपालले गरेको सुन्दरी प्रतियोगीताको सुन्दरीहरुको प्रतिभा झल्काउने उद्देश्यले गरिएको हो ।
कार्यक्रममा बीएफ्बीएस् गोर्खा रेडियो युकेको महाप्रबन्धक खेम गुरुङ्ग, पोखरा ट्राभल्सको म्यानेजिङ्ग डाइरेक्टर याम गुरुङ्ग, क्लासिकल् गीटारिस् किशोर गुरुङ्ग, नेपाली टीभी वेलायतको महाप्रबन्धक प्रविण गुरुङ्ग र विश्व साइकलयात्री ढाकेश्वर क्षेत्रीलगायत अन्य दर्शकहरुको उपस्थिति थियो ।
इभेन्ट एण्ड आइडियाजको डाइरेक्टर शान्ति गुरुङ्गले, कार्यक्रममा उपस्थित सबैलाई स्वागत र धन्यवाद ज्ञापन गर्दै, कार्यक्रमलाई सफल पार्नमा महत्वपूर्ण सहयोग दिने, बीएफ्बीएस् गोर्खा रेडियो यूके, पोखरा ट्राभल्स् र नेपाली टीभीलाई प्रमाणपत्र प्रदान गरिन् ।
लेक्स लिम्बू र सरला थापाद्वारा संचालित कार्यक्रममा, त्यहाँ उपस्थित सुन्दरीहरु र मीस् यूके नेपाल २०१० को आयोजक सब्रिना श्रेष्ठले बिभिन्न आकर्षक नृत्यहरु प्रस्तुत गरेका थिए । मीस् युके नेपाल २०१० को विजयी नविना गुरुङ्गले अंग्रेजी गीत गाएर मनोरन्जन दिएकी थिईन्भने, अन्य सुन्दरीहरुले सामूहिक रुपमा फेसन शो गरेका थिए ।
सोहि दिन, इभेन्ट एण्ड आइडियाजको प्रस्तुति नेपाली म्युजिक भीडीयो र हरिमान गुरुङको पहिलो एलवम ‘लायेको माया’ को पनि विमोचन गरिएका थियो । त्यस्तै, गायिका शीतल पुनले नेपाली तथा हिन्दी गीतहरु गाएर भरपुर मनोरन्जन दिएकी थिईन् ।
-तस्वीरसहित, योगराज राई, मेस
वाँकी तस्वीरहरु हेर्न यहाँ क्लिक गर्नुहोस् ।