हंगकंग नेप्लिज टेनिस सोसाइटीको मैन्त्रीपूर्ण च्याम्पियनशिप

हंगकंग नेप्लिज टेनिस सोसाइटीको मैन्त्रीपूर्ण च्याम्पियनशिप


हंगकंग । हंगकंगमा रहेका नेपाली युवाहरुको सकृयतामा गत साल टेनिस सोसाइटी स्थापना गरी लंग-टेनिस प्रतियोगिता आयोजना हुँदै आएको छ । त्यसैगरी यो बर्ष पनि फेब्रुवरी ६ देखि शुरु भएर अस्ति २७ फेब्रवरीमा अन्तिम चरणको फाइनल खेल समाप्त भएको छ । मगेन्द्र राईको अध्यक्षतामा गत वर्ष स्थापित नेप्लिज टेनिस सोसाइटीइले आयोजना गरेको यो बर्षको खेलमा २४ प्रतिस्पर्धीहरुले भाग लिएका थिए । च्याम्पियनशिप खेल समाप्त भएपछि सोसाइटीइले प्रायोजकहरु र प्रतिस्पर्धी खेलाडीहरु पत्रकारहरु र बिशिष्ट ब्यक्तिहरुलाई रात्रिभोज दिएको थियो । सोही सिलसिलामा प्रायोजकहरुलाई प्रशंसापत्र र बिजेताहरुलाई नगद पुरस्कार तथा ट्रफी वितरण गरिएको थियो ।
जोर्डनस्थित याक एण्ड यती रेस्टुरेण्टको हलमा सञ्चालित ४ चरणमा बिभाजित औपचारिक कार्यक्रमलाई संस्थाका कोषाध्यक्ष नविन देवान राईले सञ्चालन गरेका थिए । मगेन्द्र राईले अध्यक्षता गरेको सो समारोहमा प्रमुख अतिथि एनआरएन अध्यक्ष त्रिलोक गुरुङ रहेका थिए । बिशेष अतिथि समाजसेवी ब्यावसायी तथा सोसाइटीका संरक्षक एबं विशिष्ट सल्लाहकार वाई बी राई रहेको सो समारोहमा अन्य अतिथि लहरमा सनराइज साप्ताहिकका प्रधान सम्पादक तथा जनजाति महासंघ निवर्तमान अध्यक्ष भूपेन्द्र चेम्जोंग, युनिभर्सल साइवर प्रोपाइटर तथा लिट्टल वड किण्डर गार्टेनका र्डाइरेक्टर धन थापा रहेका थिए ।
उपस्थिति टेनिस प्रेमीहरु तथा पाहुनाहरुको ठूलै जमातलाई संस्थाका उपाध्यक्ष मधु कुमार राईले स्वागत गरेका थिए । प्रसम्सापत्र तथा पुरस्कार वितरणपछि मात्रै शुभकामना मन्तब्य राखिएको उक्त कार्यक्रममा प्रमुख अतिथि त्रिलोक गुरुङले भने -“खेल विश्वलाई जोडने अर्को एउटा भरपर्दो माध्यम हो, हाम्रा नेपाली खेलाडीहरुले हंगकंगमा टेनिसतर्फको उन्नति प्रगतिले कुनै न कुनै दिन अन्तर्राष्ट्रिय स्तरमा पनि सगर्व उपस्थिति गराउनेछ भन्ने मलाई यस किसिमले लागेको छ कि यो छोटै समयमा पनि यति धेरै खेलाडीहरु उत्पादन गर्न सकेको छ हंगकंग नेप्लिज टेनिस सोसाइटीइले ।” शुभकामना मन्तब्यकै क्रममा बिशेष अतिथि वाई बी राईले ‘पार्टिपियन्ट चौबीसै खेलाडीहरुलाई बधाइ दिंदै भने स्थापनाकालको दोश्रो बर्षै २४ खेलाडीहरुले भाग लिनु गर्व गर्नलायक रेकर्ड हो, भविष्यमा लंग टेनिस खेलको अवस्था पनि गणनायोग्य हुनेछ, हामीलाई आजको उपस्थितिले यो संकेत गरेको छ’ भने । यसैगरी भुपेन्द्र चेम्जोंगले ‘हंगकंग भित्रिएका हाम्रा युवाहरु फुटवल भलिवल मात्र होइन शारीरिक सुगठनदेखि लिएर तेक्वान्दो, कराते हुँदै ब्याडमिण्टन टेनिस लंग-टेनिससम्मै भरपर्दो उपस्थिति देखाउन सक्ने क्षमतावान भइसकेको रहेछन्, यो एउटा यस्तो परिचय स्थापित भएको छ, नेपालीहरु कुनै पनि खेलमा अगाडि रहेछन् र अब टेनिसजस्ता भर्खर जन्मेका संस्थाहरुले उत्कृष्टता हाँसिल गर्नेतर्फ अघि बढ्न जरुरी छ’ भन्ने आफ्नो मन्तव्य दिए ।
एकल तथा युगल डिभिजन ए र बी मा बिभाजित उक्त प्रतियोगिता
६ फेब्रुवरीको दिन किंगस पार्क टेनिस कोर्टबाट ओपनिंग राउण्डादेखि सेमी फाईनलसम्म खेलाईएपछि २७ फेब्रुवरीको दिन रसाइचिंग टेनिस कोर्ट युनलंगमा भयको फाइनल खेलमातर्फ डिभिजन ए का डिफेंडिंग च्याम्पियन बिकास गुरुङ र बिनोद गुरुङ बीच बेस्ट अफ फाइबको रोमांचक एबं संघर्षपूर्ण खेलमा बिकासले ६-४, ४-६,७-५,०-४ ले अग्रता लिये पनि खुट्टामा समस्या आएकोले वाकओवर र्दिइ पराजय स्वीकारेका थिए भने डवल्सतर्फ बिनोद गुरुङ र किसन थापाको जोडीले बिकास गुरुङ र गुमान सिं गुरुङलाई पराजित गरी नतिजा आफ्नो पोल्टामा पारेका थिए ।त्यसैगरी डिभिजन बी फाईनल बिजय राईले रबिन्द्र राईलाई ६ ४, ६ ३ को सोझो सेटमा पाखा लाइदिई उपाधि चुमेका थिए भने डवल्सतर्फ बिजय राई र मन गुरुङको जोडीले मधु कुमार राई र बिकास जोडीलाई ६ ४, ६ ३ को सोझो सेट पछारेका थिए ।
हंगकंग नेप्लिज टेनिस सोसाइटीइले जम्मा १० हजार हंगकंग डलरको नगद पुरस्कार र ट्रफीहरु बिजेताहरुलाई बिभिन्न प्रतिष्ठित ब्यक्तित्वहरुको बाहुलीबाट वितरण गरेको छ भने यसले भविष्यमा बालबालिकाहरुको जुनियर टिम तयार गरेर चाँडै फिल्डमा उतार्ने र आगामी दिनहरुमा अन्य बिदेशी बिभिन्न क्लवहरुसंग प्रतिपर्धामा उत्रने निर्णय गरेको अध्यक्ष मगेन्द्र राईले बताए । यसै सिलसिलामा ब्यक्तिगत रुपमा संस्थालाई उच्च सहयोग गर्ने जयराम राईको रहेको र ब्यावशायी तर्फउच्चा सहयोगी असिम कन्सल्टेन्सीका लभ कुमार गुरुङ रहेको पनि जानकारी गराइएको छ । उदघोषकका अनुसार डिभिजन ए फाइनलिस्टलाई आकर्षक ट्रफी खोटांग समाज सचिव सुवास पुमा राईले प्रायोजन गरेका थिए भने डिभिजन बी को फाइनलिस्टलाई अर्को आकर्षक ट्रफी एस। बी। लक्सम्वाले स्पोन्सर गरेका थिए, त्यस्तै डिभिजन ए र बी डबल्स का दुबै फाइनालिस्टहरुलाई मेडलको प्रायोजन सोसाइटीका अध्यक्ष मगेन्द्र राईले गरेका थिए ।
१० मार्च २०१० मा स्थापित हंगकंग नेप्लिज टेनिस (आयोजक)को तर्फबाट प्रतियोगिता बार्षिक रुपमा हुने जानकारी गराइएको छ । -अधिराज, हंगकंग