सोमबार र मंगलबार उकालो लागेको शेयर बजार बुधबार भने ओरालो लागेको छ ।
बुधबार फेरि दोहोरो अंकले ओरालो लागेको नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले जनाएको छ । बजारमा नेप्से परिसूचक २० दशमलव ६३ अंकले ओरालो लागेर एकहजार ४ सय १६ अंकमा पुगेको छ ।
दोहोरो अंकले ओरालो लागेको बजारमा कारोबार भएका सबै समूहको परिसूचकमा गिरावट आएको छ । सबैभन्दा बढी बीमा समूहको परिसूचक एकसय ३४ अंकले ओरालो लागेको छ ।
नेप्सेका अनुसार बजारमा परिसूचक सँगै सेयर कारोबारमा पनि गिरावट आएको छ । बुधबार कुल १५५ कम्पनीको ४४ करोड ५५ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । जुन रकम अघिल्लो दिनको तुलनामा करिब २० करोड रुपैयाँ घटी हो ।
प्रतिक्रिया