काभ्रेका किसान कौडीकै भाउमा सुन्तला बेच्न बाध्य

काभ्रेका किसान कौडीकै भाउमा सुन्तला बेच्न बाध्य


काभ्रेका किसानहरु कौडीको मूल्यमा सुन्तला बच्न बाध्य छन् । बजारमा लैजान सक्ने अवस्था नरहेपछि किसानहरु सस्तोमै सुन्तला बेच्न बाध्य भएका हुन् ।

जाडो बढेसँगै तुसारोले सुन्तलालाई क्षति पु¥याउने भएपछि किसानहरुले कौडीकै भाउमा सुन्तला बेच्न थालेका छन् । सुन्तलाको पकेट क्षेत्रमा स्थानीय व्यापारीको सिण्डिकेटको कारणले समेत सुन्तलाको राम्रो बजार आउन नसकेको किसानको गुनासो छ ।

काभ्रेको पनौती, शंखु उपत्यका, नमोबुद्ध र कोशीपारि, बनेपा नगरपालिकाको साँगा क्षेत्र सुन्तला उत्पादनको पकेट क्षेत्र मानिदै आएको छ । तर विचौलियाले धेरै फाईदा खाने भएपछि उनीहरुले राम्रो मूल्य पाउन सकेका छैनन् ।

सुन्तला उत्पादनको दृष्टिकोणले उर्वर रहेको काभ्रेका सुन्तलाले उचित मूल्य पाउन नसक्दा किसानहरु समस्यामा परेका छन् । काभ्रेको शंखु उपत्यका, पनौती, नमोबुद्ध र कोशीपारिमा सुन्तला उत्पादन हुने गरेको छ ।

किसानले सिधै राजधानीको बजारमा लगेर सुन्तला बेच्ने सार्मथ्य नहुँदा बिचौलियाले सुन्तलाको मूल्य पाउने गरेका छन् । काभ्रेमा बार्षिक करोडौको सुन्तला उत्पादन हुने भएपनि शित भण्डारको अभावमा एकै पटक सुन्तला बेच्ने समस्या रहेको छ ।