अहिले बिहान ९ बजेका लागि प्रधानमन्त्री शेरबहादुर देउवाले सबैदलिय बैंठ्क बोलाएका छन् । प्रदेश प्रमुख नियुक्ति र प्रदेशको अस्थायी राजधानी तोक्ने विषयमा सहमति खोज्न बिहीबार बिहान सर्वदलीय बैठक बोलाइएको हो ।
प्रधानमन्त्री देउवाले संसद्मा प्रतिनिधित्व गर्ने ५ दलको बैठक बोलाएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।
बैठकमा नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय जनता पार्टी राजपा र संघीय समाजवादी फोरम नेपालका शीर्ष नेता सहभागी हुने बताइएको छ ।
आजको बैठकमा राष्ट्रियसभाको निर्वाचन मिति तोक्नेसहित प्रदेश प्रमुख नियुक्ति र प्रदेशको अस्थायी राजधानी तोक्ने काममा सहमति जुट्ने आशा गरिएको छ । निर्वाचनलगत्तै प्रदेश प्रमुख तोक्ने तयारीमा जुटेको सरकार वाम गठबन्धनका नेताहरूको विरोधपछि पछि हटेको थियो ।
कानुनी रूपमै प्रदेश प्रमुख तोक्नुपर्ने बाध्यता आएपछि सरकारले यो सहमतिको प्रयास थालेको नेताहरुले बताएका छन् । एक नेताले भने, ‘कानुनअनुसार निर्वाचन परिणाम क्रमशः प्रदेशको प्रदेश प्रमुख र प्रतिनिधिसभाको राष्ट्रपतिलाई बुझाउनुपर्छ ।’
प्रतिक्रिया