प्रमुख दलका शीर्ष नेताहरु प्रदेश प्रमुख र प्रदेशको अस्थायी राजधानी तोक्ने अधिकार सरकारलाई दिन सहमत भएका छन् ।
प्रधानमन्त्री शेरबहादुर देउवा निवास बालुवाटारमा डोको सर्वदलीय बैठकमा विवेक पु-याएर प्रदेश प्रमुख र राजधानी तोक्न सरकारलाई भनेका हुन् ।
बैठक पछि माओवादी नेता नारायाणकाजी श्रेष्ठले भने,‘प्रदेश प्रमुख नियुक्त गर्ने र अस्थायी राजधानी तोक्ने अधिकार सरकारलाई दिन हामी सहमत भएका छौ ।’ उनले थपे,‘राजनीतिक सहमति लिन प्रधानमन्त्रीले सर्वदलीय बैठक बोलाएर सत्ता हस्तान्तरण गर्न तयार रहेको पाएकाले यस्तो अधिकार सरकारलाई गठबन्धनले दिएको हो ।’
प्रदेश प्रमुख नियुक्त नहुँदा प्रदेशसभाले पूर्णता पाउन सकेको छैन । त्यस्तै अस्थायी राजधानी नतोक्दा प्रदेशसभा रहने स्थानको टुंगो लाग्न सकेको छैन ।
बैठकपछि बोल्दै नेपाली कांग्रेसका नेता रामचन्द्र पौडलले प्रदेश प्रमुख र अस्थायी राजधानी तत्काल तोक्ने सहमति भएको प्रतिक्रिया दिए । सरकार र पाँच दलबीच सहमति गरेर अगाडि बढ्ने सहमति भएको पौडेलले बताए ।
बैठकमा नेकपा एमाले, माओवादी केन्द्र, नेपाली कांग्रेस, संघीय समाजवादी फोरम नेपाल र राष्ट्रिय जनता पार्टीका शीर्ष नेता सहभागी थिए ।
प्रतिक्रिया