माओवादी नेता लेखराज भट्टको डोटीमा पुत्ला दहन गरिएको छ ।
प्रदेश नम्बर ७ को राजधानी दिपायलमा बनाउनु पर्ने माग गर्दै त्यहाँका स्थानीयले नेकपा माओवादी केन्द्रका नेता लेखराज भट्टको पुत्ला दहन गरेका हुन् ।
७ नम्बर प्रदेशको राजधानी दिपायल माग गर्दै आएका आन्दोलनकारीले बिहीवार दिपायलमा नेता भट्टको पुत्ला दहन गरेका हुन् ।
प्रदेशको राजधानीका लागि डोटी उपयुक्त नभएको प्रतिक्रिया दिएकोले नेता भट्टको पुत्ला दहन गरिएको संघर्ष समितिका संयोजक नरेन्द्र खड्काले जानकारी दिए । नेता भट्ट माओवादीको तर्फबाट सात नम्बर प्रदेशको संयोजक छन् ।
जिम्मेवार नेतृत्वबाट डोटीका विरुद्धमा गैर जिम्मेवारी र तथ्यहीन अभिव्यक्ति दिएको भन्दै भट्टविरुद्ध दिपायलमा नाराबाजी पनि भएको छ ।
नेता भट्टले कैलालीको अत्तरियालाई ७ नम्बर प्रदेशको राजधानी बनाउनुपर्ने बताउदै आएका छन् ।
प्रतिक्रिया