स्याउहरुको पैतृकघर कजाख्स्तान

स्याउहरुको पैतृकघर कजाख्स्तान


लण्डन । अल्मा-अटा शब्द अप्रभंश भई अलमटी नाम रहन गएको कजाख्स्तानको एउटा प्रमुख शहर हो । कजाखी भाषामा अल्मा-अटाको शाब्दिक अर्थ स्याउको जन्मदाता अथवा बाबा भने हुन्छ । यस स्थानलाई शताब्दीपहिले नै स्याउको उत्पति भएको ठाउँ भनेर कतिपय स्याउका विज्ञहरुले भनेका थिए, तर, प्रमाणको अभावमा यकिन भने गरेका थिएनन् । तियानशान पर्वतमालाको खर्कहरुमा फल्ने जंगली स्याउ प्रजाति जसको वैज्ञानिक उदभिद् नाम “मालुस साइभर्सिल” भनिन्छ,, यही स्याउको प्रजाति नै असली स्याउहरुको पितृ भएको तथ्य अहिले वैज्ञानिकहरुले प्रकाश गरेका छन् । तियानशान पर्वतमाला पश्चिम चीन र दक्षिणपूर्व कजाख्स्तान अर्थात मध्य एसियामा पर्दछ । यस ठाउँबाट स्याउ सारा संसारमा फैलिएको पुष्टि अहिले वैज्ञानिकहरुले गरेका छन् । विभिन्न स्याउहरुको प्रजातिलाई लिएर केही अघिसम्म कजाख्स्तान नै स्याउको उत्पति भएको ठाउँ हो भन्ने कुरामा मत मतान्तर रहेको थियो । रिकार्डो भेलास्को नाम गरेको वैज्ञानिकले जीनसम्बन्धि अध्ययनको समापान गरी हालै प्रकाशित गरेको “नेचर जेनेटिक” अनुसन्धान लेखअनुसार कजाख्स्तान नै स्याउको पैतृक घर भएको मतलाई पुष्टि गरेका छन् । कुनै वस्तु वा प्राणीको वंशानुगत थाहा लगाउनको लागि डीएनएले महत्वपूर्ण भूमिका निभाएको हुन्छ । विज्ञानको विकासको क्रममा जेनोमको विकास जसले डीएनएको वर्गीकरण गरेर कुनै पनि उद्भिद् वा प्राणीको असली वर्गीकरण गर्ने प्रविधिको विकासले गर्दा सबै कुरा खुट्याउन सजिलो भएको कुरा रिकार्डोले व्यक्त गरेका छन् । उनका अनुसार कजाखीहरुले स्याउको उत्पति कजाख्स्तानमा नै भएकोले गौरव गर्नुपर्ने कुरा बताएका छन् ।
एकजना एस्टोनियाका वैज्ञानिक कार्ल फ्रेडरिक भान लेडेबौरले सन् १८३० ताका तियानशान पर्वतमालाका प्रचुर मात्रामा फलेका जंगली स्याउबारे उल्लेख गरेका थिए र अलमाटीलाई सोभियत रुसका वैज्ञानिकहरुले पनि झण्डै एक शताब्दिपछि स्याउको स्ा्रोत भनेर पुष्टि गरेका थिए । तर, सन् २००६मा प्रकाशित मोलेकुलर इकोलजी जोर्नलको अध्ययनमा कजाख्स्तानको जंगली स्याउभन्दा युरोपका अरु ज्ंागली स्याउहरुको सम्बन्ध घरेलु स्याउहरुको डीएनएसँग नजिकिएको विश्लेषणले देखाएको थियो । तर हालको भेलास्कोको जेनोम प्रविधिले कजाख्स्तानको जंगली स्याउ नै अहिलेका घरेलु स्याउसँगको नजिकको नाता रहेको पुष्टि भएको छ । श्रोत – नेट, सुमल, मेस ।