पार्टी एकताको विषयलाई अन्तिम रुप दिनको लागि नेकपा एमाले र माओवादी केन्द्रका नेताहरु आन्तरिक छलफलमा जुटेका छन् । उनिहरुले आज आन्तरिक छलफल गर्ने र भोलि शनिबार दुबै पार्टीका अध्यक्षबीच छलफल हुने बताइएको छ ।
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल चितवनबाट शनिबार फर्केपछि दुई अध्यक्षबीच छलफल हुने एमाले उपमहासचिव विष्णु पौडेलले जानकारी दिए । पार्टी एकता र राजनीतिक वस्तुस्थितिबारे अन्तरसंवाद भइरहेको र एकतामा कुनै समस्या नरहेको पौडेलको दावी छ । हिजो दुवै अध्यक्षबीच लामो टेलिफोन संवाद भएको समेत बताइएको छ ।
माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड शनिबार दिउँसो काठमाडौँ फर्किने कार्यतालिका रहेको छ । उता, एमाले अध्यक्ष ओलीको स्वास्थ्यमा सुधार भए दुवै नेताबीच शनिबार भेटवार्ता हुनेछ ।
प्रतिक्रिया