सगरमाथा इन्स्योरेन्सको मुनाफा २७ करोड ६२ लाख

सगरमाथा इन्स्योरेन्सको मुनाफा २७ करोड ६२ लाख


सगरमाथा इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो २१ औं बार्षिकोत्सव मनाएको छ । सो अवसरमा सो कम्पनीले २७ करोड बढि मुनाफा आर्जन गरेको जानकारी गराइएको छ ।

सगरमाथा इन्स्योरेन्स कम्पनीको खुद नाफामा ३३ दशमलव ५९ प्रतिशतले वृद्धि भएको छ । कम्पनीले २७ करोड ६२ लाख रुपैयाँ मुनाफा आर्जन गर्न सफल भएको हो ।

गत आर्थिक वर्षमा व्यवसायमा २६ दशमलव ७० प्रतिशत वृद्धि गरि एक अर्ब ४० करोड ९० लाख रुपैयाँ प्रिमियम आर्जन गरेको इन्स्योरेन्स कम्पनीले जनाएको छ ।

साधारण सभाले कम्पनीले पुस २० गतेसम्म २१ करोड ८८ लाख रुपैयाँ बीमा प्रिमियम संकलन गरिसकेको र लक्षित प्रिमियम हासिल गर्न सफल हुने कम्पनीले जनाएको छ । इन्स्योरेन्स कम्पनीका अनुसार कम्पनीको कूल लगानी १ अर्ब ३० करोड रुपैयाँ भन्दा बढी रहेको कम्पनीका अध्यक्ष रामकृष्ण मानन्धरले जानकारी दिए ।

उनका अनुसार कम्पनीको चुक्ता पुँजी ५३ करोड ८२ लाख रुपैयाँ रहेको छ । चालु आर्थिक बर्षको मुनाफाबाट एकमुष्ठ लाभांश वितरण गर्ने गरि समिक्षा वर्षको वितरण योग्य मुनाफा १६ करोड ५३ लाख रुपैयाँ वासलातामा सारेको कम्पनीले जनाएको छ ।