प्रदेश राजधानी निर्धारण गर्ने उद्देश्यले सरकारले गरेको दलीय सहमतिको प्रयास सम्भव नभएपछि सरकार राजधानी तोक्ने एजेण्डाबाट पछि हट्दै गर्दा एमाले उपमहासचिव एवम् रुपन्देही क्षेत्र नम्बर २ का सांसद विष्णु पौड्यलले ५ नं प्रदेशको राजधानी बुटवल बनाएरै छाड्ने दाबी गरेका छन् । सरकारले दाङलाई प्रदेशको केन्द्र बनाउने हल्ला फैलाएसँगै बुटबलमा राजधानी बनाउन सबैको दबाब रहेको छ ।
शनिबार आयोजित एक कार्यक्रममा मन्तव्य दिँदै नेता पौडेलले प्रदेश राजधानी बुटवल बनाउनको लागि कुनै कसर बाँकी नराख्ने बताए । उपमहासचिव पौडेलले भने, ‘बुटबलभन्दा बाहिर राजधानी त कल्पना समेत हुन सक्दैन । हामी यहाँ बनाएरै छाड्नेछौँ ।’
नवीन औद्योगिक कदर बहादुर रिता मा.बि.बुटवलको ४२ औं वार्षिकोत्सव तथा अभिभावक दिवसको बोल्दै पौडेलले नयाँ सविधान निमाणसँगै प्राविधिक र व्यावसायिक शिक्षाको खाँचो औंल्याउँदै शिक्षा क्षेत्रमा राज्यको बढाउनुपर्ने जिकीर गरे ।
यसैक्रममाच एमालेका उपमहासचिव रुपन्देहीको देवदहमा भएको व्यवसायी युवा वसन्त पौडेलको हत्यारालाई तत्काल प्रकाउ गर्न माग गरे । रुपन्देही देवदहमा एमालेका कार्यकर्ताहरू श्रृङ्खलाबद्ध रुपमा हत्या गर्न पनि प्रहरी प्रशासनले हत्यारा पत्ता नलाउनु दुखद विषय भएको भन्दै त्यसको जिम्मेवारी प्रहरी प्रमुखले लिनुपर्ने तर्क गरे ।
– चन्द्रकान्त खनाल
प्रतिक्रिया