पखेटाको नियन्त्रण बगैर उड्न सक्ने विमान

पखेटाको नियन्त्रण बगैर उड्न सक्ने विमान


लण्डन । सन् १९०३ सालमा राइट्स दाजुभाइहरुले पहिलोचोटि आविष्कार गरेका विमानले विश्वमा ठूलो चर्चा मात्र प्राप्त गरेनन् अपितु विमानको आधुनिक विकाशको पद्धति पनि त्यसैबाट विश्वमा शुरु भएको थियो । सय वर्षभन्दा बढी समय नाघेर गयो, अहिले संसारमा विमानको अविष्कार र निर्माणले ठूलो फड्को मारिसकेको छ । यातायात क्षेत्रमा विमानको आविष्कारले ठूलो भूमिका निभाएको छ । विमानको पखेटाले अवतरण, धावन मार्गबाट गति लिन तथा आकाशमा उड्नमा जहाजमा जडित प्रोपेलर अथवा एक प्रकारको पंखा जो हावाको चापलाई पखेटाको माध्यमबाट गति र नियांत्रण गर्दछ, त्यस्तो प्रक्रियामा पखेटाले हम्के जस्तो अर्थात पखेटालाई तलमाथि गर्नुपर्दछ । हालै प्राप्त समाचारअनुसार बेलायती इन्जिनियरहरुको एउटा समूहले विमानको पखेटा चलायमान नगरी उड्न सक्ने पहिलो ऐतिहासिक जेटविमान निर्माण गरेको समाचार प्रकाशमा आएको छ । यो विमान मानवरहित उडान भर्ने विमान हो जसलाई डेमन नामाकरण गरिएको छ । यस विमानलाई ससाना सैयौं हावाका जेटहरु जडान गरेर यसको गतिलाई नियन्त्रण गर्ने गर्दछ । पखेटाको नियन्त्रण बिना नै स्वतः उडान भर्न सकिने विमानलाई परम्परागत पद्धतीमा पखेटा तलमाथि गर्ने प्रक्रियाको आवश्यकता पर्दैन ।
विमानका निर्माणकर्ताहरु अनुसार यस प्रविधिले सैनिक विमानहरुलाई राडारबाट छल्ने क्षमता मिल्छ तथा विमानको छवि राडारले टिप्नसक्ने अवसर न्यून हुन जान्छ । उनीहरुका अनुसार इन्धन र मर्मत खर्चमा पनि यसले कमी ल्याउँछ । यसै महिनाको १७ तारिखको दिनमा पहिलो चोटि जम्मा ८ फिट पखेटाको घेरा भएको डेमन जेटविमानले काम्ब्रियान तटबाट वेल्ने आइल्याण्डका लागि उडान भरेको थियो । डेमन जेटविमानलाई मान्चेस्टर क्रामफिल्ड युनिभर्सिटीका इन्जिनियरहरु र बी र्एइ सिस्टेम्सका कर्मचारीहरुले एकसाथ मिलेर निर्माण गरेका थिए । क्रामफिल्ड युनिभर्सिटीका प्रोफेसर जोन फिल्डिङका अनुसार, “समूहको त्याग, दक्षता र धैर्यताले नै सफलताका साथ विमान उडाउन सकेका हुन् र उनीहरुका उपलब्धिमा उनीहरुले अत्ति नै गर्व गर्नुपर्छ” भनेर उद्धृत गरेका छन् । बीर्एइ सिस्टेम्सका प्रोग्राम डाइरेक्टरका अनुसार, “डेमन जेटविमानको उडान भर्ने बेलामा म काम्ब्रिया गएको थिएँ र मलाई त्यतिबेला लाग्यो हवाइजहाजको इतिहासमा मैले अति नै ठूलो क्षणलाई हेर्न पाइयो” । श्रोत – मेट्रो, सुमल, मेरो ।