आइतबार ओली निबासमा बालकोटमा एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्षबीच भेटवार्ता भएको छ । डेढ घण्टा लामो भेटमा पार्टी एकतालाई कसरी निष्कर्षमा पु¥याउने भन्ने र नयाँ सरकार निर्माण एवं राष्ट्रियसभा गठनबारे गम्भीर छलफल भएको थियो ।
पार्टी एकता संयोजन समितिको बैठक बस्नुपूर्व सोमबार एमाले र माओवादी केन्द्रले आ–आफ्नो पार्टीको बैठक गर्ने भएका छन् । एकता संयोजन समितिको बैठकको तयारीका लागि सोमबार आ–आफ्नो पार्टीमा छलफल गरी निष्कर्षमा पुग्ने सहमति भएको माओवादी केन्द्रका एक नेताले बताएका छन् । उनका अनुसार दुबै पार्टीभित्र आज बृहत छलफल हुनेछ ।
प्रतिक्रिया