बाबरी मस्जिदमा रामको जन्म

बाबरी मस्जिदमा रामको जन्म


लण्डन । बाबरले हिन्दूस्तानमाथि सन् १५२६ मा पहिलोचोटि आक्रमण गरेका थिए । पानीपतको पहिलो लडाइमा सफलता हासिल गरेर हिन्दूस्तानमा मुगल साम्राज्यको स्थापना गरेका थिए । मुगल शब्द मंगोल शब्दबाट अप्रभंश भई मुगल रहन गएको हो । काबुल, आफगनका शासक बाबर मंगोल सम्राट चेंगेज खानका छोरी पट्टिका नाती तैमुरलंगका हाँगाका सन्तान हुन् । बाबरले मुगल साम्राज्यको स्थापनाको साथ साथै भारत वर्षमा इस्लाम धर्मलाई फैलाउदै लगेका थिए । आजभन्दा चारसय वर्षअघि बाबरको पालामा राम जन्म भएको ठाउँलाई अर्थात् राम मन्दिरलाई भत्काएर बाबरले मस्जिद बनाइदिएकाले यस मस्जिदको नाम बाबरी मस्जिद रहन गएको हो । उन्नाइसौं शताब्दीदेखि यस मस्जिदलाई हिन्दूहरुले मन्दिरमा परिणत गर्ने असफल प्रयास गर्दै आएका थिए, तर, १९९२ सालमा भारतका लगभग एकलाख पचासहजार करसेवकहरु (हिन्दूहरुको संगठित युवाहरुको दल) ले निर्णायक, बलमिचाई गरेर बाबरी मस्जिदलाई तोडेर राम मन्दिर स्थापना गर्ने पहल गरेका थिए । त्यसबेला भारतीय जनता पार्टीका नेता लालकृष्ण आडवानीलगायत अरु हिन्दू नेताहरुले विवादित क्षेत्रमा पुगेर कर सेवकहरुलाई शान्त गरेका थिए । त्यसपछि भारतीय सरकारले मस्जिद ध्वंस र तोडफोड गरेको विषयलाई तार्किक निष्कर्ष निकालेर मस्जिदबारे सही तथ्य पत्ता लगाउनका लागि रिटायर्ड उच्च न्यायालयका न्यायाधीश एम एस लिबरम्यानको अध्यक्षतामा एउटा आयोगको गठन सन् १९९२ को १६ दिसम्बरबा दिन गठन गरिएको थियो । सो आयोगले १७ वर्षपछि सन् २००९, ३० जुनका दिन प्रधानमन्त्री मन मोहनसमक्ष प्रतिवेदन प्रस्तुत गरेका थिए । राम जन्मभूमि र बाबरी मस्जिदको हकलाई लिएर ६० वर्षदेखि कानूनी लडाइ लड्दै आएको मुद्धाको फैसला अलाहाबाद उच्च न्यायलयले सुनाउने बेलामा देशमा ठूलो संकट आउन सक्ने अनुमान गरेका थिए । कारण बाबरी मस्जिदकाण्डलाई लिएर अहिलेसम्म २००० भन्दा बढी मानिसहरु मरिसकेका छन् । तर, न्यायालयको फैसलापश्चात् त्यस्तो कुनै अप्रिय घटना घटिएन, तर, मुसल्मान समुदाय पट्टिकाले सर्वोच्चमा जाने मनसाय बनाएका छन् भन्ने समाचार प्रकाशमा आएको छ । अलाहाबाद उच्च न्यायालयको फैसलामा मस्जिद भएको ठाउँमा भगवान राम जन्मेका पुष्टि गरेको छ । विवादित १२० फिट लम्बाइ र ६० फिट चौडाइ भएको क्षेत्रलाई दावी गरेर मुद्धा हालेका तीनवटा टोलीलाई (सुन्नी वाक्फ बोर्ड, निर्मोही अखडा र राम लाल्लाका प्रतिनिधिहरुलाई) बाँडी दिने कुरामा निर्णय दिएको छैन । तर तर्क गर्ने बाटो भने खुला नै राखेको छ । मुसलमान नेताहरुले यसलाई राजनीतिकरण गरिएको भनेर आक्षेप लगाएका छन् । हिजोको भर्डिक्टले भारतको राजनीतिक फाँटमा धेरै टिकाटिप्पणीहरु हुन थालेका छन् । हिन्दूवादीहरुले अदालतको निर्णयलाई स्वागत गरेका छन् र भगवान राम जन्म भएको भनेर दिएको निर्णयलाई सकारात्मक रुपमा लिएका छन् र त्यस ठाउँमा राममन्दिरको निर्माण गर्न बाटो सजिलो भएको भनेर उत्साहित बनेका छन् । श्रोत – हिन्दूस्तान टाइम्स, सुमल, मेस ।