मंगलबार विहानको तापक्रम शून्य दशमलव ४ डिग्री सेल्सियसमा झरेको छ । काठमाडौं उपत्याकाको तापक्रम गत आइतबार शून्य डिग्रीमा झरेको थियो ।
केही दिनदेखि उपत्यकाको न्युनतम तापक्रम शुन्यको हाराहारीमा रहेको र अझै केही दिन यही अवस्था रहने भएकाले चिसो केही समय यस्तै रहीरहने मौसमविदहरुको भनाई छ ।
मौषमविद्का अनुसार केही दिन न्युनतम तापक्रम शुन्य कै हाराहारीमा रहने भएको छ । केही दिन देशभरि कै मौसम सफा रहने तथा हावा चल्ने हुँदा न्यूनतम तापक्रम अहिलेकै हाराहारीमा रहने देखिएको बताइएको छ ।
तराईका जिल्लाहरुमा पनि केही दिन देखि लगातार घाम नलाग्ने, बाक्लो हुस्सु र कुहिरो लागेपनि शितलहरको विकास भइनसकेको बताइएको छ ।
प्रतिक्रिया