छोटो समयमा बुमको ठूलो फड्को

छोटो समयमा बुमको ठूलो फड्को


बुम रेमिट्यान्स प्रा. लि. को आठौँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । उल्लेख्य शेयरधनीको उपस्थिति रहेको उक्त साधारणसभाको अध्यक्षता संस्थाकी अध्यक्ष सृजना रायमाझीले गरेकी थिइन् ।

साधारणसभामा संस्थाको प्रगति विवरण र पञ्चवर्षीय योजनाको बारेमा प्रबन्ध निर्देशक धीरेन्द्र पन्तले प्रकाश पारेका थिए । सो अवसरमा पन्तले छोटो समयमा संस्थाले स्वदेश र विदेशमा उत्कृष्ट पहिचान बनाउन सफल भएको जानकारी गराएका थिए ।

हाल अधिराज्यभरि बुम रेमिट्यान्सको ४ हजारभन्दा बढि प्रतिनिधि छन् । बुमले खाडी मुलुक तथा हङकङबाट रेमिट्यान्सको कारोबार गर्दै आएको छ । छिट्टै मलेसिया, साउदी अरब, कोरिया तथा अन्य मुलुकहरूबाट समेत कारोबार सुरु गर्ने जनाएको छ ।

आन्तरिक संञ्जाललाई तिव्र रूपले विस्तार गर्दै आएको बुमले विदेशमा पनि आफनो सञ्जाललाई तिव्र रूपले बिस्तार गर्दै जाने रणनीति रहेको प्रबन्ध निर्देशक धीरेन्द्र पन्तले जानकारी गराएका छन् । बुमले विभिन्न बैंकहरूसंग सहकार्यगरि विदेशमा समेत बजार प्रर्वद्धन गरी नेपाली कामदारहरूको विदेशबाट नै खाता खोल्ने प्रबन्ध मिलाएको जनाएको छ ।