एकताका निम्ति बालकोटमा बैठक

एकताका निम्ति बालकोटमा बैठक


नेकपा एमाले र माओवादी केन्द्रको पार्टी एकता संयोजन समितिको बैठक आज बालकोटस्थित केपी ओलीको निवासस्थान बालकोटमा बसेको छ ।

बुधबार (पुष २६ गते) केपी ओली उपचारका लागि बैंकक जानुहुने भएकोले बैठकलाई उपलब्धिमूलक बनाउन नेताहरुले जोडदार कोशिस गरिरहेका छन् ।

बैठकमा केपी ओली, माधवकुमार नेपाल, झलनाथ खनाल, वामदेब गौतम र ईश्वर पोखरेल तथा प्रचण्ड, नारायणकाजी श्रेष्ठ र रामबहादुर थापा बादल सहभागी भएका छन् ।