लोकप्रिय युवा नेता शर्मा काङ्ग्रेसका प्रवक्ता नियुक्त

लोकप्रिय युवा नेता शर्मा काङ्ग्रेसका प्रवक्ता नियुक्त


प्रखर वक्ता एवम् विश्लेषक समेत रहेका चर्चित युवा नेता विश्वप्रकाश शर्मालाई नेपाली काङ्ग्रेसको प्रवक्ता नियुक्त गरिएको छ । काङ्ग्रेस सभापति शेरबहादुर देउवाले शर्मालाई पार्टीको प्रवक्ता नियुक्त गरेको उनको सचिवालयले मंगलबार (पुस २५) जानकारी दिएको हो । सभापति देउवाले काङ्ग्रेसको पार्टीविधानको धारा २४ (३) बमोजिम केन्द्रीय सदस्य शर्मालाई प्रवक्ता पदमा मनोनयन गरेका जनाइएको छ ।

०४६ सालमा मेची बहुमुखी क्याम्पसका सभापति, नेपाल विद्यार्थी संघको महामन्त्री, अध्यक्ष हुँदै काङ्ग्रेसको केन्द्रीय सदस्य निर्वाचित भएका शर्माले दुई दशकअघि घटना र विचार राष्ट्रिय साप्ताहिकमा कार्यकारी सम्पादकको जिम्मेवारीसमेत निर्वाह गरेका थिए ।