साताको राशिफल (पुस २६–माघ ०२, ०७४ सम्म)

साताको राशिफल (पुस २६–माघ ०२, ०७४ सम्म)


मेष
धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । कला, साहित्य तथा सङ्गीतमा रुचि बढ्नेछ । वैदेशिक क्षेत्रबाट सफलता मिल्नेछ । कार्य सम्पादनमा सहजता मिल्नेछ । जीवनसाथीको सल्लाहमा साताको अन्त्यमा अनावश्यक यात्रा हुनेछ । पारिवारिक उल्झनमा परी आँटेको काम बिग्रनेछ । कुनै शुभकर्म गर्नुपूर्व आफ्नो कुलदेवताको स्मरण गर्नाले सफलता हात पर्नेछ । यो साताका लागि शुभअङ्क ४, ५ र शुभरङ सेतो हो ।

वृष
वित्तीय संस्थाबाट सहयोग पाइनेछ । विशिष्ट व्यक्तिले तपाईंको विचारको कदर गर्नेछन् । साताको अन्त्यबाट बोलीको विपरीत अर्थ लाग्न सक्छ । नयाँ योजना कार्यान्वयनमा ल्याउन मुस्किल पर्ला । प्रेमी÷प्रेमिकाबीच खिन्नता बढ्नेछ । घरपरिवारमा झै–झमेलाको अवस्था आउला । कुनै शुभकर्म गर्नुपूर्व दुर्गाजीको आराधना गरी यात्रा गर्नले सफलता मिल्नेछ । यो साताका लागि शुभअङ्क २, ६ र शुभरङ सेतो हो ।

मिथुन
स्वास्थ्य तथा सौन्दर्यमा धन खर्च हुनेछ । यात्रामा सावधानी अपनाउनुपर्नेछ । आफ्नो अधिकार प्राप्तिका लागि सङ्घर्ष गर्नुपर्ला । साताको अन्त्यबाट पार्टी, पिकनिक तथा सेमिनारमा सहभागी भइएला । साङ्गीतिक क्षेत्रमा रुचि बढ्नेछ । कुनै शुभकर्म गर्नुपूर्व वा यात्रामा जानुअघि बगलामुखीको ध्यान गरी आरम्भ गर्दा अधिक लाभ प्राप्त हुनेछ । यो साताका लागि शुभअङ्क १, ८ र शुभरङ ध्वाँसे वा घुर्मैलो हो ।

कर्कट
नयाँ कार्यको थालनी हुनेछ । आर्थिक क्षेत्र मजबुत रहनेछ । धार्मिक÷सांस्कृतिक गतिविधिमा संलग्न हुनुपर्नेछ । आत्मिक सन्तुष्टि मिल्नेछ । अचल सम्पत्ति हात पर्ने योग छ । मित्रबाट विशेष सहयोगको अवसर मिल्नेछ । रोमाञ्चक एवम् रमाइलो यात्रा हुनेछ । कुनै शुभकर्म गर्नुपूर्व वा यात्रामा जानुअघि भैरवको दर्शन गर्नाले सफलता हात पर्नेछ । यो साताका लागि शुभअङ्क ७, ८ र शुभरङ पहेँलो वा कलेजी हो ।

सिंह
आफ्नो अधिकार प्राप्तिका लागि सङ्घर्ष गर्नुपर्नेछ । मनमा चञ्चलता बढ्नेछ । आयआर्जनमा बाधा आउला । सहकर्मीबाट विरोध आउला । शनिबारबाट दिगो फाइदा हुने काममा लगानी बढाउन सकिनेछ । राज्यबाट मानसम्मान पाइनेछ । नयाँ वस्त्र, अलङ्कारको प्राप्ति हुनेछ । कुनै शुभकर्म गर्नुपूर्व भैरवजीको दर्शन गरी यात्रा गर्नले सफलता हात पर्नेछ । यो साताका लागि शुभअङ्क ५ र शुभरङ सेतो वा रातो हो ।

कन्या
विपरीत वर्गप्रति आकर्षण बढ्नेछ । राजनीतिक कार्यमा सफलता मिल्नेछ । व्यावसायिक काममा राम्रै फड्को मार्न सकिनेछ । राज्यबाट मानसम्मान पाइनेछ । आम्दानी बढाउने काम शुरु गर्न सकिनेछ । दाम्पत्यजीवन सुखमय हुनेछ । विश्वास गरेकाले साथ दिनेछन् । कुनै शुभकर्म गर्नुअघि हनुमानजीको आराधना गरी यात्रा गर्नाले अधिक सफलता मिल्नेछ । यो साताका लागि शुभअङ्क ५, ९ र शुभरङ रातो वा हरियो हो ।

तुला
आदर्श व्यक्तिको सहकार्यले नयाँ अनुभव मिल्नेछ । राजनीतिक कार्यमा सफलता मिल्नेछ । अनुहारमा कान्ति र मनमा शान्ति छाउनेछ । पढाइलेखाइमा प्रगति हुनेछ । साताको अन्त्यबाट अनावश्यक यात्रा हुनेछ । अरूको भरपर्दा धोकामा परिने, हानि हुने र विश्वास गुम्नेछ । कुनै शुभकर्म गर्नुपूर्व महालक्ष्मीजीको दर्शन गरी कार्य आरम्भ गर्दा लाभ मिल्नेछ । यो साताका लागि शुभअङ्क ६ र शुभरङ नीलो वा हरियो हो ।

वृश्चिक
सजिलै अरूको विश्वास जित्न सकिनेछ । सुन्दर पहिरनले व्यक्तित्वमा निखारता ल्याउनेछ । कार्य सम्पादनमा सहजता मिल्नेछ । साताको पहिलो दिनबाट आफूलाई कमजोर भएको अनुभूति हुनेछ । लगनशीलताको कमीले गर्दा ठूलो उपलब्धि हात पार्न नसकिएला । पेसागत समस्या आउनेछ । शुभकर्म गर्नुपूर्व महालक्ष्म्मीको दर्शन गरी यात्रा गर्दा सफलता प्राप्त हुनेछ । यो साताका लागि शुभअङ्क १, ८ र शुभरङ गुलाबी र रातो हो ।

धनु
कूटनीतिक निकायको सहयोग मिल्नेछ । बुद्धिको उपयोग गर्दा जटिल ठानिएका कार्यहरू सहजै सम्पादन हुँदै जानेछन् । न्यायिक कार्यमा सफलता मिल्नेछ । नयाँ वस्त्र, अलङ्कारको प्राप्ति हुनेछ । धार्मिक÷सांस्कृतिक सभा, समारोहमा सरिक भइनेछ । लाभदायक यात्राको सम्भावनालाई नकार्न सकिँदैन । कुनै शुभकर्म गर्नुपूर्व विष्णु भगवान्को दर्शन गरी आरम्भ गर्दा लाभ मिल्नेछ । यो साताका लागि शुभअङ्क ५ र शुभरङ रातो हो ।

मकर
धर्म, कर्म तथा समाजसेवामा मन लाग्नेछ । मनमा शान्ति छाउनेछ । आफ्नै क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ । बन्धु–बान्धवबाट सहयोग मिल्नेछ । साताको उत्तरार्धबाट राजनीतिक विवाद बढ्नेछ । प्रेममा मनमुटावका साथै मन कमजोर रहला । कुनै शुभकर्म गर्नुपूर्व वा यात्रामा जानुअघि भगवतीको दर्शन गरी कार्य आरम्भ गर्दा अधिक सफलता प्राप्त हुनेछ । यो साताका लागि शुभअङ्क २, ६ र शुभरङ घिउरङ हो ।

कुम्भ
तीर्थाटनको योग रहेको छ । कला, साहित्य तथा सङ्गीतमा रुचि बढ्नेछ । सामाजिक क्षेत्रमा सफलता मिल्नेछ । वित्तीय संस्थाबाट सहयोग पाइनेछ । साताको पूर्वार्धबाट मनमा निराशा र शरीरमा आलस्य आउला । महत्वाकाङ्क्षी योजना गोप्य राखेर अघि बढ्नुहोला । कुनै शुभकर्म गर्नुपूर्व सूर्य भगवान्को दर्शन गरी कार्य आरम्भ गर्नाले सफलता हात पर्नेछ । यो साताका लागि शुभअङ्क १, ८ र शुभरङ रातो हो ।

मीन
बोलीको विपरीत अर्थ लाग्न सक्नेछ । सौन्दर्यमा धन खर्च हुनेछ । मनोरञ्जनमा लाग्दा अवसर गुम्न सक्नेछ । सोमबारबाट चिताएको कामले तीव्रता लिनेछ । लामो समयदेखि रोकिएका कामहरू पूरा हुनेछन् । विद्या र बुद्धिको विकास हुनेछ । रमणीय र सुखद यात्राको योग छ । कुनै शुभकर्म गर्नुपूर्व गणेशजीको दर्शन गर्नाले सफलता हात पर्नेछ । यो साताका लागि शुभअङ्क १, ५ र शुभरङ रातो हो ।