नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच आज बालकोटमा भेटवार्ता भएको छ ।
राष्ट्रियसभा र प्रदेशसभा गठनमा दुई पार्टीबाट भागबण्डाका लागि चयन गरिएको कार्यदलका विषयमा उनीहरुबीच छलफल भएको थियो ।
यसअघि मंगलबार बसेको बैठकले एमालेका तीन र माओवादी केन्द्रका तीन नेता सम्मिलित कार्यदल बनाएको थियो ।
आजको भेटमा कार्यदललाई सक्रिय बनाउन कार्यदलका नेताहरुलाई दुवै नेताले निर्देशन दिएको बुझिएको छ । एमाले अध्यक्ष ओली आजै उपचारका लागि बैंकक जाँदैछन् । उनी एकसाता पछि मात्र स्वदेश फर्कर्ने कार्यक्रम छ ।
प्रतिक्रिया