११ बुँदे माग अघि सार्दै नर्सहरु ड्युटी छाडेर आन्दोलनमा

११ बुँदे माग अघि सार्दै नर्सहरु ड्युटी छाडेर आन्दोलनमा


नर्सहरु ड्युटी छाडेर आन्दोलनमा होमिएका छन् । ११ बुँदे माग अघि सार्दै उनीहरु ड्युटी छाडेर आन्दोलनमा होमिएका हुन ।

तालिकाअनुसार पुष २६ र २७ गते कालो पट्टी बाँधेर सेवा दिने र पुस २८, २९ र ३० गते सवै अस्पताल र शैक्षिक संस्थामा बिहान १० देखि ११ बजेसम्म ड्युटी छाड्ने निर्णय गरेका छन् ।

उक्त अवधिमा माग पूरा नभए माघ १,२ र ३ गते १० देखि १ अर्थात् ३ घन्टा ड्युटी छाड्ने घोषणा गरेका छन् । त्यसैगरी ४, ५ र ६ गते सवै अस्पताल र शैक्षिक संस्थामा ८ देखि ४ बजेको सिफ्टमै ड्युटी नजाने र अझै माग पूरा नभए माघ ७ गते २४ घन्टा नै ड्युटी छाडेर स्वास्थ्य मन्त्रालयमा धर्ना दिने भएका छन् ।

उनीहरुको मागमा मानव अंग प्रत्यारोपण केन्द्रबाट निष्कासन गरिएका नर्सिङ कर्मचारीहरुलाई बिनाशर्त अविलम्ब पुनर्बहाली गरियोस्, अधिकारसहितको नर्सिङ सेवा महाशाखा पुनस्थापना गरियोस्, जनतालाई गुणस्तरीय नर्सिङ सेवा दिनका लागि नेपाल सरकारले बनाएको र ‘बिरामीको अनुपात’ सबै अस्पतालमा यथाशीघ्र लागू गरियोस्, नेपाल सरकारका नर्सहरुलाई उपलब्ध गराइरहेको न्यूनतम तलबभत्ता सरह विभिन्न निजी स्वास्थ्य संस्थामा कार्यरत नर्सलाई पनि तहगत हिसाबबाट उपलब्ध गराइयोस्, जस्ता माग तेर्साइएको छ ।