एकतापछि अध्यक्ष ओलीका दिन कष्टपूर्ण हुने सम्भावना

एकतापछि अध्यक्ष ओलीका दिन कष्टपूर्ण हुने सम्भावना


प्रचण्डलाई पार्टीको कार्यकारी प्रमुख नबनाउन अध्यक्ष केपी ओलीमाथि दबाब बढिरहेको भए पनि एमालेका सबै वरिष्ठ नेताहरू प्रचण्डलाई अध्यक्ष बनाएर पार्टीमा भित्र्याउन हतारिएका छन् । वरिष्ठ नेताहरू माधवकुमार नेपाल, झलनाथ खनाल र वामदेव गौतम प्रचण्डलाई अध्यक्ष बनाउन हतारिएका हुन् ।

पार्टी एकता भएमा उक्त पार्टीभित्र केपीविरुद्ध बलियो मोर्चाबन्दी हुने सङ्केत वरिष्ठ नेताहरूको हतारोले देखाएको छ । दुई पार्टीको एकतापछि प्रचण्ड, माधव नेपाल, झलनाथ खनाल, वामदेव गौतम, अमृत बोहोरा, सुरेन्द्र पाण्डे, घनश्याम भुसाल, योगेश भट्टराई, रामबहादुर थापा बादल, कृष्णबहादुर महरा, पम्फा भुसाल र वर्षमान पुन, रवीन्द्र अधिकारी, प्रभु साह र मातृका यादवलगायतका नेताहरू एकातिर हुन सक्ने अनुमान राजनीतिक विश्लेषकहरूबाट हुन थालेको छ ।

त्यस्तै केपी ओली, नारायणकाजी श्रेष्ठ, ईश्वर पोखरेल, विष्णु पौडेल, जनार्दन शर्मा प्रभाकर, भीम रावल, प्रदीप ज्ञवाली, टोपबहादुर रायमाझी, शङ्कर पोखरेल, गिरिराजमणि पोखरेल, शक्ति बस्नेत, पृथ्वी सुब्बा गुरुङ, भानुभक्त ढकाल, कृष्णगोपाल श्रेष्ठ, रामेश्वर फँुयाललगायतका नेताहरू अर्कोतिर रहने अनुमान छ । यदि यस्तै किसिमले पार्टीभित्र टिम बन्ने हो भने केपी ओलीका निम्ति एकतापछिका दिनहरू कष्टपूर्ण हुन सक्ने देखिएको छ ।