जाम नियन्त्रण गर्न बेग्लै ट्राफिक बिटको माग

जाम नियन्त्रण गर्न बेग्लै ट्राफिक बिटको माग


पर्साको वीरगञ्ज पोखरिया जोड्ने सडकखण्डमा पर्ने तिलुवेपुलमा दैनिकजसो सडक जाम हुँदा सर्वसाधारण अत्यन्त मर्कामा परेका छन् । दैनन्दिन कार्यको लागि सदरमुकाम वीरगञ्ज पुग्नुपर्ने सर्वसाधारण निकै खेप्दै छन् ।

वीरगञ्जबाट ग्रमीण भेकका लागि चल्ने सर्वाजनिक सवारी साधनलगयत ट्रेक्टर, जिप, द्रक, बैलगाडा, साइकल, मोटरसाइकल लगायतका सवारी साधन आवतजावत गर्ने क्रममा पुलको चौडाई बढाउने काम भइरहेको दोहोरो गाडी सञ्चालनमा कठिनाई हुँदा सडकमा जाम हुने गरेको बिन्दवासनी निवासी राम गप्ता बताउँछन् । प्रायःजसो बिहान ९ देखि ११ बजे सम्म र बेलुका ४ देखि ६ बजे निकै कठिनाई पर्ने उनको भनाई छ ।

वीरगञ्ज तथा ग्रामीण क्षेत्रबाट सञ्चालन हुने सवारी साधन जाममा परेपछि आकस्मिक काम लिएर वीरगञ्ज आउने तथा जानेहरू मारमा परेको झौवागुठी निवासी संजय साह कानुले प्रस्ट्याए । सडक जाम हुँदा जाम हटाउन प्रहरीचौकी बिन्दवासनीलाई कठिनाई भइरहेको अनुभूति गर्न सकिन्छ । यस विषयलाई लिएर स्थानीय वासिन्दाले तिलावे पुलमा हुने जाम नियन्त्रण गर्न द्राफिक प्रहरी कार्यलयको बेग्लै बिट स्थापनाको माग गरेका छन् ।


– प्रणय साह