यस्ता रहेछन् प्रधानन्यायाधीशका प्रमाणपत्रहरू

यस्ता रहेछन् प्रधानन्यायाधीशका प्रमाणपत्रहरू


प्रधानन्यायाधीश गोपाल पराजुलीको नागरिकता र शैक्षिक योग्यताको प्रमाणपत्रबारे सार्वजनिक चासो बढेका बेला घटना र विचारले उहाँका प्रमाणपत्रहरूको प्रतिलिपि फेलापारेको छ ।

अनशनकारी चिकित्सक डा. गोविन्द केसीले प्रधानन्यायाधीश पराजुलीको नागरिकता र शैक्षिक योग्यताको प्रमाणपत्रबारे प्रश्न उठाएपछि आमजनताले पराजुलीका प्रमाणपत्रहरूप्रति जिज्ञासा राखेका छन् ।

प्राप्त प्रमाणपत्रका आधारमा उहाँको जन्ममिति वि.सं. २०१० वैशाख १६ गते भएको देखिएको छ । उहाँले काठमाडौं जिल्ला प्रशासन कार्यालयबाट लिनुभएको नागरिकताको नम्बर ४४१ रहेको देखिन्छ । यसबाहेक अर्को कुनै नम्बरको नागरिकता उहाँसँग रहेको पाइएको छैन ।

पहिले लिएको नागरिकतामा जन्ममिति नभई उमेर (२१) मात्र उल्लेख गरिएको थियो । सो प्रमाणपत्रको प्रतिलिपि लिँदा भने शैक्षिक योग्यताको प्रमाणपत्रमा उल्लिखित जन्ममितिलाई नै कायम राखेको पाइएको छ ।

त्यस्तै, पराजुलीले शारदा मावि चितवनमा दश कक्षासम्म अध्ययन गर्नुभएको र एसएलसी चाहिँ नेपाल राष्ट्रिय विद्यापिठ वीरगञ्जको भरतपुर केन्द्रबाट परीक्षा दिएर उत्तीर्ण हुनुभएको प्रमाणपत्रहरूले पुष्टि गरेको छ । प्रमाणपत्रहरु नक्कली भन्न सकिने आधारहरु भेटिएका छैनन् । पराजुलीका प्रमाणपत्रहरु नक्कली नभई सक्कली पुष्टि भएमा अनसनकारी केसीले आफ्नो गल्ती स्विकार गरेर क्षमा माग्नुहोला या फेरि अर्को यस्तै कुनै कृत्रिम मुद्दा उठाएर देशमा तनाव पैदा गर्नुहोला, जिज्ञासाको विषय बनेको छ ।

आमजानकारीका लागि हामीले पराजुलीका प्रमाणपत्रहरूको प्रतिलिपि यहाँ प्रस्तुत गरेका छौँ ।

हेर्नुहोस प्रधानन्यायाधीश पराजुलीका विभिन्न प्रमाणपत्रहरू–