युवा विकास सहकारी संस्थाको इन्टरनेट बैकिङ सेवा

युवा विकास सहकारी संस्थाको इन्टरनेट बैकिङ सेवा


सहकारीको भिडमा छोटो समयममा नै आफनो बेग्लै पहिचान बनाउन सफल युवा बिकास बहुउद्देश्यीय सहकारी संस्थाले स्थापनाको दोस्रो बार्षिक साधारणसभा भब्यताका साथ सम्पन्न गरेको छ । स्थापनाको दोस्रो बर्षमै सहकारीले आफ्ना शेयर सदस्यलाई १५ प्रतिशत बोनस दिन सफल भएको छ ।

शनिबार राजधानीमा आयोजित दास्रो बार्षिक साधारणसभामा बोल्दै सहकारी हक हित राष्ट्रिय समाजका ऋषिराम ढकालले सहकारीका कार्यक्रम उत्पादनमुखी हुनुपर्नेमा जोड दिए । उनले सहकारीले सबै तहतप्काका नागरिकहरुको आर्थिक एवम् सामाजिक समृद्धिका लागि सहयोग गर्ने बताउँदै सहकारीको माध्यमबाट आम नागरिकको जीवनस्तरमा परिवर्तन गरी स्वाधीन अर्थतन्त्र निर्माणमा टेवा पुऱ्याएको बताए । ढकालले एक सहकारी एक सदस्यको नीतिअनुरुप अगाडि बढ्न अनुरोध गर्दै सहकारीले थोरै समयमा गरेको आर्थिक विकासको प्रशंसा गर्दै उन्नती र प्रगतिको लागि शुभकामना दिए ।

सहकारीका अध्यक्ष किसन राईको अध्यक्षतामा भएको साधारणसभामा अध्यक्ष र लेखा समितिको प्रतिवेदन प्रस्तुत गर्दै आर्थिक वर्ष ७३–०७४मा संस्थाको तर्फबाट सम्पादित आर्थिक कारोबारको विवरण प्रस्तुत गरेका थिए ।

साधारणसभामा बोल्दै सहकारीका अध्यक्ष किसन राई (एलाईभ ग्लाईडर)ले आगामी वर्ष शेयर सदस्य वृद्धिका लागि विशेष कार्यक्रम ल्याउने तयारी रहेको बताउदैै युवाहरुलाई रोजगारी सृजना गर्नमा सहकारी लागेको बताए । उनले सबैको साथ–सहयोगबाट सहकारीले दुई बर्षमा ३५ करोडभन्दा बढीको कारोबार गर्न सफल भएको पनि बताए । उनले स्थापना कालदेखि नै आफ्ना सदस्यहरुको आर्थिक विकासको लागि विशेष कार्यक्रम सञ्चालन गदै आएको बताउँदै इन्टरनेट बैकिङ सेवा शुरु गरेको जानकारी दिए ।

काठमाडौको न्युरोडमा रहेको युवा बिकास बहुउद्देश्यीय सहकारी संस्थाको साधारणसभाको अवसरमा बिभिन्न क्षेत्रमा रहेर उत्कृष्ट योगदान दिने कर्मचारीलाई सम्मान गरिएको थियो । उत्कृष्ट कर्मचारीमा आस्मा बिष्ट लगायत ६ जनालाई सम्मान गरिएको थियो । सहकारीले सदस्यहरुलाई मोबाइल बैंकिङ रेमिटेन्स लगायतका सुविधा प्रदान गर्दै आएको छ ।