नेविसंघमा चरम विवाद, अध्यक्ष महरलाई सोधियो स्पष्टिकरण

नेविसंघमा चरम विवाद, अध्यक्ष महरलाई सोधियो स्पष्टिकरण


नेपाल विद्यार्थी संघमा चरम विवाद देखिएको छ । अध्यक्ष नयनसिंह महर र महामन्त्री कुन्दनराज काफ्ले समुहबिच चरम विवाद देखिएको हो ।

नेविसंघ विधान विपरित गतिविधि गरेको भन्दै उपाध्यक्ष रामप्रसाद अधिकारी, सिटिईभिटी अध्यक्ष कर्ण ओली लगायतलाई अध्यक्ष महर पक्षले हालैमात्र स्पष्टिकरण सोधेको थियो ।

महरपक्षले स्पष्टिकरण सोधेको २४ घण्टा नबित्दै महामन्त्री काफ्ले समुहले नेपाल विद्यार्थी संघका सह महामन्त्री एवं अनुसासन समितिका संयोजक राजेश रोनियारले दुई वटा छुट्टा–छुट्टै विज्ञप्ति निकाल्दै नेपाल विद्यार्थी संघका केन्द्रिय अध्यक्ष नैन सिंह महर र अर्का सहमहामन्त्री अम्बिका चलाउनेलाई तिनदिनभित्र आफ्नो धारणा अनुसासन समितिलाई पेश गर्न पत्र काटेका छन् ।

अध्यक्ष महर समुहले स्थानीय तह साथै प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनमा नेविसंघलाई चलायमान नबनाउदा पार्टीले पराजय भोग्न पुगेको समेत आरोप लगाइएको छ ।

महर समुहले उपाध्यक्ष रामप्रसाद अधिकारीलाई लगाएको आरोपप्रति खण्डन गर्दै अधिकारले भनेका छन्, ‘नेपाल विद्यार्थी संघको नियमावलीमा प्रदेशको उपाध्यक्षमा नै सो प्रदेशको सो त समयोजक हुने र सोही प्रदेशको सह महामन्त्री सदस्य सचिव हुने प्रावधान रहेकोले प्रदेश समयोजकले छलफल गरी सो प्रदेश भित्र विभिन्न कार्यक्रमहरु सञ्चालन गर्न सक्ने अधिकार दिएकाले नै आफूले नेपाली कांग्रेसका यूवा नेताहरुलाई समेत सहभागि गराई अन्तरक्रिया कार्यक्रम गरेको हुँ ।’

साथै माघ ३ गते धादिङमा नेवि संघ प्रदेश नं. ३ को प्रशिक्षण कार्यक्रम आयोजना गरिएको अधिकारीले बताए । उनले भने ‘विद्यार्थीलाई प्रशिक्षित गर्ने उक्त कार्यक्रमलाई लक्षित गरि कार्यक्रम समयोजक स्वयम म आफैलाई नेवी संघको अध्यक्षले पूर्वग्रहि ढंगले अनुसासन कमिटिको नाममा आफूलाई स्पष्टिकरण सोधिएको छ ।’

यसैगरी नेविसंघमा देखिएको विवादबारे बोल्दै महामन्त्री कुन्दरराज काफ्ले भने पार्टीभित्रको गुटगत अवस्थामान्दा माथी अध्यक्ष नयनसिंह महर उठ्न नसक्नु र विधान विपरित आफ्ना गतिविधी गर्दै सबैलाई नसमेट्नु नै विवादको मुख्य कारण बताएका छन् ।