वरिष्ठ नेता पौडेलद्वारा मकरसंक्रान्ति तथा माघी पर्वको शुभकामना

वरिष्ठ नेता पौडेलद्वारा मकरसंक्रान्ति तथा माघी पर्वको शुभकामना


नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले मकर संक्रान्ति तथा माघी पर्व २०७४ का अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाई तथा दिदीवहिनीहरुमा सुख, शान्ति र उत्तरोत्तर प्रगतिको हार्दिक शुभकामना व्यक्त गर्नुभएको छ ।

नेपाल विविध जाति, भाषा, संस्कृति, परम्परा र चाडपर्व रहेको मुलुक भएको र यसकै माध्यमबाट राष्ट्रिय एकताको भावनालाई मजबुत बनाउन सहयोग पुर्याएको सन्दर्भमा नेपाली चाडपर्व र संस्कृतिको एक अभिन्न अंगका रुपमा रहेको मकर संक्रान्ति र माघी पर्वले पनि नेपालीहरुबीच आपसी प्रेम, सदभाव र सहिष्णुता अभिवृद्धि गर्न प्रेरणा प्रदान गर्ने नेपाली कांग्रेसका वरिष्ठ नेता पौडेलले जारी गर्नुभएको शुभकामना सन्देशमा उल्लेख छ ।