राष्ट्रिय सभाका लागि उम्मेदवार छान्दै गठबन्धन

राष्ट्रिय सभाका लागि उम्मेदवार छान्दै गठबन्धन


राष्ट्रिय सभाका लागि उम्मेदवार छान्न बाम गठबन्धन क्रियाशिल देखिएको छ । बाम गठबन्धनको संयुक्त कार्यदल राष्ट्रिय सभा निर्वाचनका लागी उमेद्वार चयन गर्नमा व्यस्त रहेको हो ।

आगामी माघ २४ गते हुने निर्वाचनका लागी गठबन्धनको साझा उमेद्वार चयन गर्ने बिषयमा कार्यदल स्तरमा मोटामोटी सहमति जुटिसकेको कार्यदल सदस्य एमालेका एक नेताले जानकारी दिए ।

कार्यदलस्तरमा भएको सहमतिको खाका एमाले अध्यक्ष केपी शर्मा ओली फर्किएपछि दुबै दलका अध्यक्ष समक्ष पेश गर्ने र छिट्टै बस्ने कार्यदल बैठकले त्यसलाई अन्तिम रुप दिने बताइएको छ ।

साझा उमेद्वार चयन गर्न दुबै दलमा कुनै समस्या नभएपनि संवैधानिक प्राबधान मिलाउदै उमेद्वार चयन गर्न भने केही सकस देखिएको बताइन्छ ।

यद्यपी कार्यदलले संबैधानिक बाध्यतालाई समेत ख्याल गर्दै उमेद्वार चयन गर्ने एमाले नेताहरु बताउछन् । राष्ट्रिय सभा निर्वाचनको उमेद्बार चयनपछि मात्र पार्टी एकता र नयाँ सरकार गठनको प्रक्रिया अघि बढ्ने एमालेले बताउँदै आएको छ ।