पूर्वप्रधानमन्त्री झलनाथ खनालले फागुनमा वाम नेतृत्वको सरकार गठन हुने बताएका छन् । लमजुङ सदरमुकाम बेसीशहरमा आयोजित घले ल्होसार कार्यक्रममा एमाले शीर्ष तहका नेता खनालले फागुनको तेस्रो साताभित्र नयाँ सरकार गठन हुने बताए ।
नेता खनालले संविधानकै प्रावधानका कारण नयाँ सरकार गठनमा ढिलार्इ भएको उल्लेख गर्दै सरकार गठनअघि एमाले र नेकपा (माओवादी केन्द्र) बीच एकता हुने बताउनुभयो ।
आफूहरुले बनाएको संविधानले नै सरकार गठनमा ढिलाइ भएको स्वीकार गर्दै उनले संविधानमै रहेर फागुनको दोस्रो वा तेस्रो साताभित्र वाम नेतृत्वको सरकार बन्ने तर्क गरे । अब बन्ने सरकारले लोकतन्त्रलाई संस्थागत गर्न पहिलो प्राथमिकता दिने पनि उनले बताए ।
प्रतिक्रिया