प्रदेश प्रमुख तोक्ने सरकारको दोस्रो कसरत, एमाले–माओवादीसँग छलफलमा जुट्दै

प्रदेश प्रमुख तोक्ने सरकारको दोस्रो कसरत, एमाले–माओवादीसँग छलफलमा जुट्दै


प्रधानमन्त्री शेरबहादुर देउवाले ७ वटै प्रदेशमा प्रदेश प्रमुख तोक्न दोस्रो पटक कसरत गरेका छन् । उनले प्रदेश प्रमुख विषयलाई अन्तिम रुप दिनका लागि एमाले र माओवादी नेताहरुलाई छलफलका लागि बोलाएका छन् । बैठ्क अहिले विहान ९ बजेका लागि बालुवाटारमा बोलाइएको छ ।

प्रदेश प्रमुख तोक्नका लागि गरेको यो कसरत भने दोस्रो हो । प्रधानमन्त्री देउवाले एमाले र माओवादीका नेताहरुसँग छलफल सकेपछि आजै दिउँसो ४ बजे मन्त्रिपरिषद बैठक समेत बोलाएका छन् ।

बालुवाटार स्रोतका अनुसार आजै प्रदेश प्रमुख तथा प्रदेशको अस्थायी सम्पर्क कार्यालय खोल्ने निर्णय हुनेछ ।