तपाईंको यो साता (राशिफल, ३–९ माघ, २०७४)

तपाईंको यो साता (राशिफल, ३–९ माघ, २०७४)


मेष
नयाँ वस्त्र, अलङ्कारको प्राप्ति हुनेछ । आत्मिक सन्तुष्टि मिल्नेछ । बिनाप्रतिस्पर्धा फाइदा हुने योग छ । दाम्पत्यजीवन सुखमय हुनेछ । राजनीतिक अधिकारमा सफलता मिल्नेछ । मनोरञ्जनको क्षेत्रबाट श्री प्राप्तिको योग छ । वस्त्रको कारोबारमा सफलता मिल्नेछ । यो साताका लागि शुभअङ्क २, ८ र शुभरङ गुलाबीे वा सुन्तला हो । कुनै शुभकर्म गर्नुपूर्व विष्णु भगवान्को दर्शन गरी कार्य आरम्भ गर्दा शुभफल प्राप्त हुनेछ ।

वृष
शुभकार्यको चर्चा चल्नेछ । सानो प्रयासले भाग्यनिर्माण गर्न सकिनेछ । व्यापार–व्यवसायमा फाइदा होला । व्यवसायका लागि यात्राको सम्भावना पनि छ । अधुरो काम पूरा हुनेछ । साताको अन्त्यबाट वैदेशिक कार्यमा समस्या देखापर्ला । आत्मघाती काम गर्न पुगिएला, सचेत रहनुहोला । यो साताका लागि शुभअङ्क ३, ६ र शुभरङ सेतो हो । कुनै शुभकर्म गर्नुपूर्व शिवजीको ध्यान गरी आरम्भ गर्दा अधिक लाभ हुनेछ ।

मिथुन

मनमा हर्ष, उमङ्ग र उत्साह छाउला । विपरीत वर्गप्रति आकर्षण बढ्नेछ । आँटेकोे र ताकेको कार्य पूरा होला । न्यायिक कार्यमा सफलता मिल्नेछ । शनिबारबाट राजनीतिक कार्यमा बाधा आउनेछ । दुष्ट व्यक्तिको सङ्गतले आत्मघाती काम गर्न पुगिएला, सचेत रहनुहोला । यो साताका लागि शुभअङ्क ६, ९ र शुभरङ सुन्तला वा पहेँलो हो । शुभकर्म गर्नुपूर्व महाकालीजीको ध्यान गरी आरम्भ गर्दा अधिक लाभ मिल्नेछ ।

कर्कट
रमणीय र सुखद यात्राको योग छ । राज्यबाट मानसम्मान मिल्नेछ । नयाँ व्यक्तिसँग भेटघाट हुने समय छ । पारिवारिक सहयोग मिल्ला । सामाजिक तथा धार्मिक कार्यमा रुचि बढ्नेछ । साताको अन्त्यमा बोलीको विपरीत अर्थ लाग्न सक्छ, संयम रहनुहोला । यो साताका लागि शुभअङ्क २, ८ र शुभरङ सेतो हो । कुनै शुभकर्म गर्नुपूर्व वा यात्रामा जानुअघि महासरस्वतीको दर्शन गरी आरम्भ गर्दा अधिक लाभ मिल्नेछ ।

सिंह
प्रेमी÷प्रेमिकाबीच खिन्नता बढ्नेछ । यात्रामा सावधानी अपनाउनुपर्नेछ । अरूको भर पर्दा धोकामा परिने, हानि हुने र विश्वास गुम्नेछ । मनोरञ्जनमा धन खर्च हुनेछ । आत्मबल बढाएर काम गरेमा असफल भइँदैन । मिहिनेतीहरूका लागि दिनहरू फलदायी रहनेछ । यो साताका लागि शुभअङ्क ४, ७ र शुभरङ आकासे नीलो वा वैजनी हो । कुनै शुभकर्म गर्नुपूर्व महादेवको आराधना गरी आरम्भ गर्दा अधिक लाभ मिल्नेछ ।

कन्या
कला र गलाको प्रभाव बढ्नेछ । पार्टी तथा सेमिनारमा सहभागी भइएला । लामो समयदेखि रोकिएका अधुरा कामहरू पूरा हुनेछन् । विशिष्ट व्यक्तिको भेटघाटले मन प्रसन्न हुनेछ । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । व्यापार–व्यवसायबाट फाइदा हुनेछ । यो साताका लागि शुभअङ्क ५, ६ र शुभरङ आकासे नीलो हो । कुनै शुभकर्म गर्नुपूर्व वा यात्रामा जानुअघि वरुण भगवान्को ध्यान गरी आरम्भ गर्दा लाभ मिल्नेछ ।

तुला
एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ । व्यवसायको सन्दर्भमा रमाइलो यात्रा होला । विश्वास गरेकाले साथ दिनेछन् । घरमा अतिथिको आगमन हुनेछ । साताको अन्त्यबाट प्रेमी÷प्रेमिकाबीच खिन्नता बढ्नेछ । अरूको वचन टार्न नसक्दा दुःख पाइनेछ र खर्च पनि हुनेछ । यो साताका लागि शुभअङ्क १, ९ र शुभरङ कलेजी हो । कुनै शुभकर्म गर्नुपूर्व गणेशजीको दर्शन गरी कार्य आरम्भ गर्दा अधिक लाभ हुनेछ ।

वृश्चिक
आफन्त र साथीभाइबाट सहयोग तथा हौसला प्राप्त हुनेछ । सुन्दर पहिरनले व्यक्तित्वमा निखारता ल्याउनेछ । जोस, जाँगर र हिम्मत बढ्नेछ । साताको अन्त्यमा बेसुरमा वचन दिने बानीले अप्ठ्यारो पार्न सक्छ । सद्विचारले अभिप्रेरित हुनेहरूलाई बिस्तारै लाभ हुनेछ । यो साताका लागि शुभअङ्क २, ७ र शुभरङ गाढा पहेँलो हो । कुनै शुभकर्म गर्नुअघि हनुमानजीको आराधना गरी यात्रा गर्नाले अधिक सफलता मिल्नेछ ।

धनु
महत्वपूर्ण कार्यमा व्यवधान आइपर्ला । प्रेममा बाधाका साथै मन कमजोर रहला । लेनदेनमा सजकता अपनाउनुपर्नेछ । झुटा आरोप आइपर्दा समस्या खेप्नुपर्नेछ । आर्थिक कारोबारमा मन्दी आउनेछ । साताको अन्त्यमा अनुहारमा कान्ति र मनमा शान्ति छाउनेछ । यो साताका लागि शुभअङ्क १, ५ र शुभरङ घिउरङ वा गुलाबी हो । कुनै शुभकर्म गर्नुपूर्व महालक्ष्मीजीको दर्शन गरी कार्य आरम्भ गर्दा अधिक सफलता मिल्नेछ ।

मकर
धर्मकर्म, परोपकार, समाजसेवाजस्ता कार्यमा मन लाग्नेछ । काम देखाएर अरूको मन लोभ्याउन सकिनेछ । नयाँ कार्यको योजना बन्नेछ । शुभकार्यको चर्चा चल्नेछ । साताको अन्त्यमा आफ्ना योजनालाई कार्यान्वयनमा ल्याउन मुस्किल पर्ला । गरेका काममा ढिलासुस्ती हुनेछ । यो साताका लागि शुभअङ्क ४, ७ र शुभरङ कालो हो । कुनै शुभकर्म गर्नुपूर्व मृत्युञ्जय भगवान्को ध्यान गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

कुम्भ
साथीभाइको भेटघाटले मन प्रसन्न रहला । लामो समयदेखि रोकिएको काम बन्नुका साथै आम्दानीको स्रोतसमेत बढ्नेछ । राजनीतिक कार्यमा सफलता मिल्नेछ । वाक्चतुऱ्याइँले सङ्कल्प सिद्घ हुनेछ । पदीय जिम्मेवारी प्राप्त हुनेछ । व्यावसायिक कार्यमा राम्रै फड्को मार्न सकिनेछ । यो साताका लागि शुभअङ्क ३, ८ र शुभरङ ध्वाँसे वा घुर्मैलो हो । कुनै शुभकर्म गर्नुपूर्व दुर्गाजीको आराधना गरी यात्रा गर्नले अधिक लाभ मिल्नेछ ।

मीन
न्यायिक कार्यमा सफलता मिल्नेछ । नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । आतिथ्यपूर्ण सम्मान पाइएला । शुभकार्यको चर्चा चल्नेछ । सहयोगीको मद्दतले बिग्रनै लागेको काम पनि बन्न सक्नेछ । नयाँ कार्य र जिम्मेवारी हात पार्ने मौका छ । अचल सम्पत्तिको कारोबार रहनेछ । यो साताका लागि शुभअङ्क २, ९ र शुभरङ रातो वा वा सिन्द्रे हो । कुनै शुभकर्म गर्नुपूर्व आफ्नो इष्टदेवताको स्मरण गर्नाले अधिक सफलता मिल्नेछ ।