आज मन्त्रिपरिषद बैठक बस्दै, प्रदेश प्रमुख र अस्थायी मुकाम तोक्ने सरकारको तयारी

आज मन्त्रिपरिषद बैठक बस्दै, प्रदेश प्रमुख र अस्थायी मुकाम तोक्ने सरकारको तयारी


सरकारले आज मन्त्रिपरिषद बैठक बोलाएको छ । सरकारले प्रदेश प्रमुखको नियुक्ति र अस्थायी मुकाम तोक्नका लागि मन्त्रिपरिषद बैठक बोलाएको हो ।

मन्त्रिपरिषद स्रोतका अनुसार लामो समयदेखि स्थगित हुँदै आएको बैठक बुधवार बोलाएर प्रदेश प्रमुख नियुक्ति गर्ने सरकारको तयारी छ ।

राष्ट्रियसभाको निर्वाचनको मिति घोषणा भएसँगै प्रदेश प्रमुख नियुक्ति गर्नैपर्ने बाध्यात्मक परिस्थिति सिर्जना भएपछि सरकारले बुधवार मन्त्रिस्तरीय बैठकबाट नै नियुक्ति गर्न लागेको मन्त्रिपरिषद स्रोतले घटना र बिचारलाई जानकारी दिएको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवाले सहमतिमै प्रदेश प्रमुख नियुक्ति गर्न संसदमा प्रतिनिधित्व गरेका प्रमुख ५ दलसँग नामावली मागेपनि एमालेले नाम नपठाउने भएपछि प्रधानमन्त्रीले बैठक स्थगित गरेको थियो ।

प्रदेश प्रमुख नियुक्ति नहुँदा प्रदेशसभा सदस्य निर्वाचनको मतपरिणाम सार्वजनिक गर्न समस्या भएको भन्दै निर्वाचन आयोगले समेत सरकारलाई पटक पटक ताकेता गर्दै आएको छ ।