मन्त्रिपरिषद् बैठक पुनः स्थगित

मन्त्रिपरिषद् बैठक पुनः स्थगित


आज बिहानदेखि दिउँसो १२ बजे सम्म बसेको मन्त्रिपरिषद् बैठक पुनः स्थगित भएको छ ।

आज बसेको मन्त्रिपरिषद बैठकले प्रदेश प्रमुख र अस्थायी मुकाम तय गर्ने भनिएतापनि सहमती जुट्न नसक्दा बैठक दिउँसो ३ बजेसम्मका निम्ति स्थगित गरिएको हो ।

प्रधानमन्त्री शेरबहादुर देउवाले मंगलबार दिउँसो मन्त्रिपरिषद बैठक बोलाएपनि प्रदेश प्रमुख र अस्थायी मुकामका बारे थप छलफल गर्नुपर्ने भन्दै उनले बैठक आजलाई सारेका थिए ।

प्रदेश प्रमुखको नियुक्ति नहुँदा निर्वाचन आयोगले मत परिणाम घोषणा गर्न सकेको छैन । यस्तै प्रदेश सांसदहरुले सपथ नलिई राष्ट्रियसभाको निर्वाचन गर्न पनि संवैधानिक रुपमा अड्चन रहेको छ ।

दिउँसो बस्ने बैठकमा थप छलफल गरि निर्णयमा पुगिने बैठक पछि एक मन्त्रीले जानकारी दिए ।