प्रदेशको अस्थायी राजधानीबारे मन्त्रिहरुबीच चरम विवाद

प्रदेशको अस्थायी राजधानीबारे मन्त्रिहरुबीच चरम विवाद


आज बसेको मन्त्रिपरिषद बैठकमा प्रदेशको अस्थायी राजधानीबारे चरम विवाद उत्पन्न भएको छ ।
बालुवाटारमा बसेको बैठकमा मन्त्रिहरुले प्रदेशहरुको अस्थायी मुकाम आफूखुसी माग राखेपछि चरम विवाद उत्पन्न भएको हो ।

बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले प्रदेश अस्थायी मुकामसम्बन्धी प्रस्ताव पेश गर्नासाथ मन्त्रीहरुले आआफ्नो प्रस्ताव सुनाएका थिए । मन्त्रिहरु टसमस नभएपछि बैठक विना निष्कर्श टुङ्गिएको हो ।

मन्त्रिहरुबीच यस्तो छ, विवाद

प्रधानमन्त्रीको प्रस्तावमा प्रदेश १ को अस्थायी मुकाम विराटनगर प्रस्ताव गरिएको छ । तर, राप्रपा प्रजातान्त्रिकबाट मन्त्री बनेका सुनिलबहादुर थापाले धनकुटा हुनुपर्ने अडान राखेका छन् ।

प्रदेश २ को राजधानी जनकपुर प्रस्ताव गरिएको छ यसमा खासै विवाद देखिन्न । ३ मा भने विवाद देखिएको छ । उपप्रधानमन्त्री कमल थापाले हेटौंडालाई अस्थायी मुकाम बनाउनुपर्ने अडान राखेका छन् ।

प्रदेश ४ को अस्थायी मुकाम पोखरा प्रस्ताव गरिएको छ । ५ को दाङ र बुटवल राख्नेबारे मन्त्रीहरुबीच चरम विवाद छ । ६ को सुर्खेत प्रस्ताव गरिएको छ भने ७ मा धनगढी र दिपायल भन्नेमा मन्त्रीहरुको चरम विवाद छ ।

यसरी विवाद देखिएपछि सहमती खोज्न भन्दै आज तीन बजेसम्मका निम्ति बैठक स्थगित गरिएको छ ।