रामकोटस्थित ग्रीन टोबाको कम्पनीले राजस्व छल्यो, राजस्व अनुसन्धान विभागद्वारा छापा

रामकोटस्थित ग्रीन टोबाको कम्पनीले राजस्व छल्यो, राजस्व अनुसन्धान विभागद्वारा छापा


छविलाल बगाले
राजधानीको नागार्जुन नगरापालिका वडा नम्बर ७ रामकोटस्थित ग्रीन टोबाको कम्पनी कानून विपरित सञ्चालनमा आएको भेटिएको छ । बुधबार राजस्व अनुसन्धान विभाग र आपुर्ति व्यवस्थापन विभागको संयुक्त अनुगमनका क्रममा कानून विपरित सञ्चालन गरिएको भेटिएको हो ।

नागार्जुन–७ रामकोटस्थित ग्रीन टोबाको कम्पनीमा बुधबार राजस्व अनुसन्धान विभागका निर्देशक गोविन्द सुवेदीको नेतृत्वमा अनुगमन गरिएको छ । कम्पनीले कर छली गरेको, उत्पादन भएका सामग्रीमा अन्त शुल्कको स्टिकर नटाँसेको भन्दै टोलीले अनुगमन गरेको हो । अनुगमनका क्रममा टोलीले कम्पनीमा बिक्रिका लागि बजारमा पठाउन लागेका अन्त शुल्क स्टिकर टाँस नगरिएको २४ बोरा सुर्ति, बिल भर्पाइ बरामद गरेको छ । कम्पनीका संचालक प्रभुराज श्रेष्ठलाई पटक पटक गल्ती सच्याउन आग्रह गर्दा पनि अटेर गरेको आपूर्ति ब्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागका शाखा अधिकृत श्रीप्रसाद अधिकारीले जानकारी दिए

कम्पनीले कर छली गरेको थाहा पाएपछि आपूर्ति ब्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागका अनुगमन टोलीले गत पुस १७ गते पहिलो चरणको अनुगमन गरेको थियो । अनुगमन टोलीले कम्पनीको कागजातसहित विभागमा उपस्थित हुन अनुरोध गरेपनि कम्पनी संचालक श्रेष्ठले अटेर गरेपछि अनुमगन गरेको शाखा अधिकृत अधिकारी बताउँछन् ।

अनुगमनका क्रममा कम्पनीले तयार पार्दै आएको सुर्तिजन्य बस्तुको उत्पादनमा मानव स्वास्थ्यको ख्यालै नगरी उत्पादन गर्ने गरिएको भेटिएको छ । सुर्ति प्याकिङ गर्नुपूर्ब मिक्सिङ गर्दा फोहोर गर्ने गरेको भेटिएको छ । कम्पनीले यसरी खुलेआम फोहोर गरी सुर्तिजन्य बस्तु उत्पादन गर्दै आएपनि यससँग सरोकार राख्ने निकाय भने मौन देखिएका छन् ।