म्याग्दी महोत्सवको प्रमुख आकर्षण बन्दै अल्लोका कपडा

म्याग्दी महोत्सवको प्रमुख आकर्षण बन्दै अल्लोका कपडा


म्याग्दीमा संचालित महोत्सवमा दर्शहरुको प्रमुख आकर्षणको केन्द्रबिन्दु अल्लो बन्ने गरेको छ । स्वदेशी पहिचानको रुपमा विख्यात अल्लोका सामग्रीहरुमा दर्शकहरुको आकर्षण बढेको हो ।

म्याग्दी कृषि, पर्यटन तथा औद्योगिक व्यापार मेलामा महिला उद्यमी नेकसरा पुनको पनि एउटा स्टल छ । नेकसराको स्टलमा अल्लोका सामग्री बेच्न राखिएका छन् । जहाँ, अल्लो प्रेमी ग्राहकको भीड लागेको छ । घरायसी काम छोडेर अल्लो उद्यमी बनेकी नेकसराले अल्लो कपडा उत्पादन तथा टे«निङ सेन्टर खोलेकी छिन् । त्यहाँबाट उत्पादीत अल्लोका लत्ताकपडा नेकसराले महोत्सवमा बेच्न ल्याएकी हुन । अल्लोबाट बनेको सामग्रीमा ग्राहको मन तानिएको उनको भनाइ छ ।

स्थानीय उत्पादनलाई प्रोत्साह दिन महोत्सव आयोगकले प्रत्येक गाउँपालिकाका लागि छुट्टा छुट्टै स्टलको व्यवस्था गरेको छ । जुन स्टलहरुमा महिला उद्यमीको उत्पादनहरु राखिएका छन् । स्टलमा ग्राहकको भीड लागेपछि उद्यमी महिला पनि उत्साहित भएका छन् । महोत्सवमा भएको विक्रिका कारण उत्साह थपिएको अन्नपूर्ण गाउँपालिकाकी महिला उद्यमी राममाया पुन बताउँछिन् ।

म्याग्दीमा करिव १४ सय उद्यमी छन् । तर, बजार अभावमा स्थानीय तस्तरमा उत्पादित वस्तुले राम्रो मुल्य पाउन सकेको छैन । यस्तो अवस्थामा स्थानीय स्तरमा आयोजना गरिने यस्ता महोत्सवले उद्यमीलाई केही राहत मिल्ने गर्दछ । तर, महोत्सवमा बेच्न पाउँनु मात्र उद्यमीका लागि प¥याप्त होइन । त्यसैले, स्थानीय स्तरमा उत्पादित वस्तुका लागि बजारको व्यवस्था गर्न सके राम्रो हुने छ ।