तपाईंको यो साता (१०–१६ माघ, २०७४)

तपाईंको यो साता (१०–१६ माघ, २०७४)


मेष
सोचेको, आँटेको काममा फाइदा मिल्नेछ । एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ । कला र गलाको प्रभाव बढ्नेछ । बोलीको प्रभाव पनि बढ्नेछ । कूटनीतिक नियोगको सहयोग मिल्नेछ । प्रेमसम्बन्ध र प्रणयप्रसङ्गका लागि पनि श्रेष्ठ समय रहेको छ । यो साताका लागि शुभअङ्क १, २ र शुभरङ रातो हो । कुनै शुभकर्म गर्नुपूर्व विष्णु भगवान्को दर्शन गरी कार्य आरम्भ गर्दा अधिक लाभ मिल्नेछ ।

वृष
सामाजिक तथा धार्मिक कार्यमा रुचि बढ्नेछ । वैदेशिक क्षेत्रको लगानी लाभदायक हुनेछ । राम्रा तथा उपलब्धिमूलक कामहरू बन्नेछन् । साताको अन्त्यमा लगनशीलताको कमीले गर्दा ठूलो उपलब्धि हात पार्न नसकिएला । मनोरञ्जन र भ्रमणमा खर्च बढ्नेछ । यो साताका लागि शुभअङ्क ३, ५ र शुभरङ सुन्तला वा सेतो हो । कुनै शुभकर्म गर्नुपूर्व सूर्यको दर्शन गरी यात्रा आरम्भ गर्दा अधिक सफलता मिल्नेछ ।

मिथुन
प्रेमसम्बन्ध र प्रणयप्रसङ्गका लागि श्रेष्ठ समय रहेको छ । व्यवसायको सन्दर्भमा रमाइलो यात्रा हुनेछ । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । बुद्धिको उपयोग गर्नाले जटिल ठानिएको कामसमेत सम्पादन हुन सक्छ । श्रमको उचित मूल्याङ्कन हुनेछ । यो साताका लागि शुभअङ्क २, ८ र शुभरङ सुन्तला वा पहँेलो हो । कुनै शुभकर्म गर्नुपूर्व वा यात्रामा जानुअघि देवीजीको स्मरण गर्नाले सफलता हात पर्नेछ ।

कर्कट

आफन्त र साथीभाइबाट सहयोग मिल्नेछ । शैक्षिक स्तरमा प्रगति हुनेछ । राज्यबाट मान–सम्मान पाइनेछ । न्यायिक कार्यमा सफलता मिल्नेछ । नयाँ ज्ञान सिक्ने मौका मिल्दै जानेछ । साताको अन्त्यबाट अनावश्यक धन खर्च हुनेछ । नजिकका व्यक्तिबाट कार्यमा बाधा आउनेछ । यो साताका लागि शुभअङ्क ३, ४ र शुभरङ सेतो हो । कुनै शुभकर्म गर्नुपूर्व कालभैरवको दर्शन गरी कार्य आरम्भ गर्दा अधिक सफलता मिल्नेछ ।

सिंह
विचार पु¥याएर निर्णय लिनु राम्रो हुनेछ । प्रेमी÷प्रेमिकाबीच खिन्नता बढ्नेछ । सामान हराउने वा चोरी हुने भय छ । साताको अन्त्यबाट चिताएको कामले तीव्रता लिनेछ । परिवारमा ठूलो जमघट वा कुनै धार्मिक सामाजिक कार्य सम्पन्न हुनेछ । यो साताका लागि शुभअङ्क ७, ८ र शुभरङ आकाशे, नीलो वा घिउरङ हो । कुनै शुभकर्म गर्नुअघि हनुमान्जीको आराधना गरी यात्रा गर्नाले अधिक सफलता मिल्नेछ ।

कन्या
प्राविधिक काममा विशेष सफलता प्राप्त हुनाले आत्मसन्तुष्टि प्राप्त हुनेछ । बैंक ब्यालेन्स बढ्नेछ । दाम्पत्यजीवन सुुमधुुर रहनेछ । वैदेशिक क्षेत्रबाट सफलता मिल्नेछ । सापटी दिएको रकम फिर्ता मिल्नेछ । शुभकार्यको चर्चा पनि चल्नेछ । यो साताका लागि शुभअङ्क ५, ९ र शुभरङ कालो वा नीलो हो । कुनै शुभकर्म गर्नुपूर्व वा यात्रामा जानुअघि महाकालीजीको ध्यान गरी कार्य आरम्भ गर्दा शुभफल प्राप्त हुनेछ ।

तुला
आफूलाई कमजोर भएको अनुभूति हुनेछ । मिलनसार साथीले नै धोका दिन सक्छन् । विपरीत वर्गप्रति आकर्षण बढ्नेछ । साताको अन्त्यमा काम गर्ने जोस, जाँगर र हिम्मत बढ्नेछ । विशिष्ट व्यक्तिको भेटघाटले मन प्रसन्न हुनेछ । शुभकार्यको चर्चा चल्नेछ । यो साताका लागि शुभअङ्क २, ७ र शुभरङ हरियो वा कालो हो । कुनै शुभकर्म गर्नुपूर्व वा यात्रामा जानुअघि देवीजीको दर्शन गरी यात्रा गर्दा अधिक सफलता मिल्नेछ ।

वृश्चिक
आफ्नै नेतृत्वमा विभिन्न कार्य सम्पन्न हुुनेछ । छोटो दूरीको लाभदायक यात्रा हुनेछ । धर्मकर्म, परोपकार, समाजसेवाजस्ता कार्यमा मन लाग्नेछ । साताको अन्त्यबाट मनोरञ्जनमा लाग्दा अवसर गुम्न सक्छ । यात्रामा सावधानी अपनाउनुपर्नेछ । यो साताका लागि शुभअङ्क २, ६ र शुभरङ गाढा पहेँलो वा हरियो हो । कुनै शुभकर्म गर्नुपूर्व महामृत्युञ्जय भगवान्को ध्यान गरी आरम्भ गर्दा अधिक लाभ मिल्नेछ ।

धनु
एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ । नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । खर्च बढे पनि राम्रा कामहरू गर्न सकिनेछ । न्यायिक कार्यमा सफलता मिल्नेछ । साझेदारीमा गरेको कार्यबाट आर्थिक लाभ मिल्नेछ । यो साताका लागि शुभअङ्क १, ६ र शुभरङ सिन्दुरे वा घिउरङ हो । कुनै शुभकर्म गर्नुपूर्व वा यात्रामा जानुअघि बिघ्नहर्ता गणेशजीको पूजा–अर्चना गरी गरेको कार्यबाट अधिक सफलता मिल्नेछ ।

मकर
अनुहारमा कान्ति र मनमा शान्ति छाउनेछ । आर्थिक एवम् व्यावसायिक क्षेत्र सुुदृढ रहनेछ । सामाजिक कार्यमा मन जानेछ । बुद्धिको उपयोग गर्दा जटिल ठानिएको कामसमेत सम्पादन हुन सक्छ । दैनिक कार्यहरू यथावत् रूपमा सम्पन्न हुुँदै जानेछन् । यो साताका लागि शुभअङ्क ३, ७ र शुभरङ गुलाबी वा कलेजी हो । कुनै शुभकर्म गर्नुपूर्व महासरस्वतीको ध्यान गरी कार्य आरम्भ गर्दा अधिक सफलता मिल्नेछ ।

कुम्भ
प्रतिकूल समयले घेरेको छ, संयम रहनुहोला । आशाहरू निराशामा परिवर्तन हुनेछन् । स्वास्थ्यमा केही समस्या आउन सक्छ । साताको पूर्वार्धबाट पार्टी, पिकनिक तथा सेमिनारमा सहभागी भइएला । वैदेशिक कार्य अघि बढ्नेछ । रमणीय र सुखद यात्राको योग छ । यो साताका लागि शुभअङ्क ३, ८ र शुभरङ नीलो वा घुर्मैलो हो । कुनै शुभकर्म गर्नुपूर्व शिवजीको ध्यान गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

मीन
सामाजिक तथा धार्मिक कार्यमा रुचि बढ्नेछ । नोकरीमा पदोन्नति तथा अनुकूल स्थानमा स्थानान्तरणको गतिलो सम्भावना रहेको छ । साताको अन्त्यमा सानातिना समस्यामा अल्झिनुपर्ने देखिन्छ, तर आत्मबल बढाएर कार्य गरेमा सफलता मिल्नेछ । यो साताका लागि शुभअङ्क ६ र शुभरङ सेतो वा पहेँलो हो । कुनै शुभकर्म गर्नुपूर्व महामृत्युञ्जय भगवान्को ध्यान गरी कार्य आरम्भ गर्दा अधिक लाभ हुनेछ ।