‘सिल्ड विद अ किस’ -शाही विवाह

‘सिल्ड विद अ किस’ -शाही विवाह


लण्डन । विल्स र केटको विवाहको प्रत्यक्षदर्शी बन्नका लागि सेन्टर लण्डनस्थित वैवाहिक रुटमा लाइनवद्ध भएका मानिसहरु दशौं लाखभन्दा बढी रहेको स्कटल्याण्ड यार्डले अनुमान गरेको छ । मलको वरपर बस्नेहरुका करीव पाँच लाखका मानिसहरुले केट र विल्सको ऐतिहासिक हुँदै वेस्टमिन्सटर एबीसम्मको र ट्राफाल्गर स्कायरमा गरी अन्य पाँच लाख मानिसहरु लामवद्ध भएको भन्ने अन्य श्रोतहरुले पनि अनुमानकै आधारमा पुष्टि गरेका छन् । यो शताब्दीकै एक प्रकारकै फैरी टेलमा आधारित लाग्ने गरेर शाही विवाह सम्पन्न भएको छ ।
पानी पर्न सक्ने भविष्यवाणी गरिए पनि केट र विल्स खुल्ला खालको टाँगामा सवार भएर सडकको वरपर रहेका शाही फ्यानहरुलाई वैभ गर्दै गरेको प्रशंसाका साथ हेरिएको छ । रानी भिक्टोरियाबाट लडाइबाट फर्केका सिपाहींहरुलाई वकिम्घाम प्यालेसको बार्दलीमा बसेर विवाहको दिनमा हात हल्लाएर अभिवादन गरिएको समयलाई नै एक पक्षको रुपमा थालनी सम्झँदै राखिएको परम्परालाई चार्ल्स र डायनबीचको अति नै संक्षिप्त चुम्बन साटासाट भएपछिको अवधिपछि भने शाही विवाहअन्तर्गत बार्दली समय अति नै महत्वपूर्ण रहेको हो । योपालि सोही अवधिमा पहिलोपटक औपचारिक रुपमा शाही भइसकेपछि केटले प्राप्त गर्ने शाही औपचारिक चुम्बनलाई हेर्न र त्यसलाई मिडियामार्फत देखाउन लाखौं मानिसहरुलगायत दजनौं विश्वप्रसिद्ध मिडियाहरु तत्पर रहेका थिए, जसलाई सन्तुष्टी दिँदै शाही नब जोडीले दुर्इ पटक चुम्बन गरेका थिए ।
डायनको मृत्युपछि र विधवीसँगको विवाह वा विधुर भएको आदिले गर्दा पनि प्रिन्स चार्ल्स आफ्नो जीवनकालमा राजा बन्न असमर्थ रहने बताइएको छ र योपालि सर्वसाधारणसँगको प्रेमविवाहपछि संसारभरमा लोकप्रिय राजकुमारको रुपमा रहेका विलियम्स र सौन्दर्यता र फेशन सेन्सले गर्दा डायनाभन्दा केही कदम अगाडि रहन सफल रहेकी केट, भविष्यको राजारानी बन्ने पक्का रहेकोले पनि यो शाही विवाहको महत्व उच्च रहेको हो ।
संसारमा वैवाहिक जीवन र सामाजिक संरचनाहरुउपर नयाँ पुस्ताबाट उदासीनता देखाइँदै आएको सन्दर्भमा यो युवा जोडीको पारम्परिक विवाहको महत्व नैतिक अनि सामाजिक मूल्य र मान्यतामा पनि उच्च रहेको भनिएको छ । उस्तै भएर पनि सबैभन्दा बेग्लै देखिन लालायित हुने बेलायतीहरुलाई यसरी राजकुमारको विवाहमा उन्मुक्त भएर झुम्नु एक प्रकारको राष्ट्रियतालाई फेरि खोजी एकत्रित हुने साझा धोको हो भन्ने पनि मानिएको छ ।
आज यूकेभरिका विभिन्न शहरहरुमा ५५०० जति सडक भोजहरुको आयोजना गरिएको छ, त्यसको शुरुवात १० डाउनिंग स्ट्रिटबाट भएको थियो ।-नीर, मेस