५३ औं वार्षिक उत्सव मनाउँदै वाणिज्य बैंक

५३ औं वार्षिक उत्सव मनाउँदै वाणिज्य बैंक


राष्ट्रिय वाणिज्य बैंकले आज ५३ औं वार्षिक उत्सव मनाउँदै छ । बैंकले वार्षिक उत्सवको अवशरमा आज वार्षिकउत्सव समारोहको आयोजना गर्ने भएको छ ।

कार्यक्रमको प्रमुख अतिथि अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्की हुन भने अर्थसंचिव शंकरप्रसाद अधिकारी, राजस्व संचिव शिशिर ढुंगाना लगायतको उपस्थिति रहनेछ । समारोहमा गर्भनरलाई निम्तो गरिएको भएपनि विदेश भ्रमणमा रहेकाले उनी कार्यक्रममा सरिक नहुने जनाइएको छ ।

कार्यक्रमको सभापती वाणिज्य बैंकका अध्यक्ष डा.रवीन्द्र पाण्डेले गर्दैछन् ।