तीन ट्रक एकापसमा ठोकिँदा एकको मृत्यु, चारको अवस्था गम्भीर

तीन ट्रक एकापसमा ठोकिँदा एकको मृत्यु, चारको अवस्था गम्भीर


हेमशंकर सिंह

राजविराज । पूर्व-पश्चिम राजमार्गअन्तर्गत सप्तरीको खडक नगरपालिका–४ अमहामा शुक्रबार विहान तीनवटा ट्रक एकआपसमा ठोक्किँदा एकजनाको मृत्यु भएको छ ।

दुर्घटनामा परि मृत्यु हुनेमा ना ४ ख ५५५६ नम्बरको ट्रकका चालक उदयपुर जिल्लाको त्रियुगा नगरपालिका-४ का ४० वर्षीय कविराम माझी रहेका छन् । उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा ६ जना घाइते हुन पुगेका छन् जसमध्ये ४ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

पूर्वदेखि पश्चिमतर्फ जाँदै गरेको ना २ ख ८७३०, ना ४ ख ५५५६ र विपरीत दिशाबाट आएको ना ४ ख १८३५ नम्बरको ट्रक आपसमा ठोक्किए दुर्घटना भएको हो ।

घटनामा परी घाइते भएका ६ मध्ये त्रियुगा नगरपालिका वडा–४ का साईला दनुवार, संजना दनुवार, रन्जु माझी र निर बहादुर माझीको अबस्था गम्भीर रहेको छ ।

उनीहरुको सिरहाको लहानस्थित सप्तऋषि अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।