राष्ट्रियसभा निर्बाचन : आज उम्मेदवारको नामावली, भोलि चिन्ह दिइने

राष्ट्रियसभा निर्बाचन : आज उम्मेदवारको नामावली, भोलि चिन्ह दिइने


राष्ट्रिय सभा निर्बाचन आउन १० दिन मात्रै बाँकी रहेको छ । अर्थात माघ २४ गते सातवटै प्रदेशमा राष्ट्रिय सभा निर्बाचन हुनेछ ।

माघ २४ का लागि निर्बाचन आयोगले पनि आफ्नो तयारी तिब्र पारिरहेको छ । निर्बाचन आयोगका प्रवक्ता नवराज ढकालका अनुसार राष्ट्रियसभा सदस्य निर्वाचनमा मनोनयन दर्ता गरेका उम्मेदवारहरुको नामावली आज प्रकाशन हुने भएको छ । आयोगले उम्मेदवार दावी बिरोध गर्न दिएको समयका आधारमा परेको उजुरीलाई छानविन गरी नामावली प्रकाशन गर्न लागेको हो ।

प्रबक्ता ढकालका अनुसार आयोगले पूर्व निर्धारित कार्यतालिका बमोजिम उम्मेदवारी दर्ता गराएका उम्मेदवाराहरुको अन्तिम नामावली प्रकाशन गर्न लागेको हो । ‘आयोगले उम्मेदवारी फिर्ताका लागि आइतबार दिउँसो १ बजेदेखि सोमबार दिउँसो २ बजेसम्मको समय उम्मेदवारहरुलाई उपलब्ध गराएको छ ।’ पबक्ता ढकालले भने, ‘इच्छुक उम्मेदवारहरुले आफ्नाो उम्मेदवारी फिर्ता लिन पाउनेछन् ।’

कुल ५९ सदस्यका लागि हुन लागेको राष्ट्रिय सभा निर्बाचनमा ८३ जनाको उम्मेदवारी परेको थियो । त्यसमध्ये १८ जना निर्विरोध भएका छन् भने १ जनाको उम्मेदवारी खारेज भएको छ ।

आयोगका अनुसार भोलि सोमबार नै उम्मेदवारको अन्तिम नामावली प्रकाशित गरी उनिहरुलाई चुनाव चिन्ह समेत वितरण गर्ने कार्यतालिका रहेको छ । शनिबार नै उम्मेदवारविरुद्ध परेका उजुरीमाथि निर्णय गरिसकेको आयोगले जनाएको छ ।