कलेजका विद्यार्थी सरसफाई अभियानमा

कलेजका विद्यार्थी सरसफाई अभियानमा


राष्ट्रिय शहिद दिवस २०७४ लाई भव्य र सभ्य बनाउन गोकर्णेश्वर नगरपालिका–४ मा बृहत सरसफाईको अभियानलाई अगाडि बढाएको छ । उक्त अभियानमा जया देवकोटा मेमोरियल कलेजका सोसल वर्क अध्ययन गर्ने विद्यार्थीहरु जुटेका छन् ।

राष्ट्रिय शहिद तथा शान्तिपार्क परिसरमा अवस्थित ६ सय ५० रोपनी र सडक वरिपरि सरसफाई गर्ने कार्य अहिले तीव्र रूपमा चलेको छ ।

शहिद दिवसको आज चौथो दिन अर्थात माघ १४ गते विद्यार्थीले वडा गोकर्णेश्वर वडा नम्बर ४ का सडक सरसफाई अभियानमा जुटेका छन् ।

वृहत सरसफाई अभियानलाई सफलतापूर्वक सञ्चालन गर्न र सफल बनाउन पार्क प्रशासन र पार्क पदाधिकारीको समेत सहभागिता रहेको पार्कका सह–कोषाध्यक्ष, सरसफाई अभियानका संयोजक तथा प्रशासन प्रमुख राजेशकुमारले जानकारी गराएका छन् । उक्त अभियान सात दिनसम्म चल्ने छ ।

११ गतेदेखि सुरु भएको शहिद सप्ताह १६ गतेसम्म विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदै छ ।