कांग्रेस नेता खड्कालाई मातृशोक

कांग्रेस नेता खड्कालाई मातृशोक


पूर्वमन्त्री एवम् नेपाली कांग्रेसका पूर्वसहमहामन्त्री पूर्णबहादुर खड्कालाई मातृशोक परेको छ । नेता खड्काकी माता मायादेवीको गए राति सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–७ स्थित आफ्नै निवासमा निधन भएको हो । कांग्रेस पार्टी कार्यालयले जनाएअनुसार स्वर्गीय मायादेवी ९४ वर्षकी हुनुहुन्थ्यो ।

स्वर्गीय खड्काले नेपालको लोकतान्त्रिक आन्दोलनमा सक्रिय भूमिका निर्वाह गर्नुभएको थियो ।

प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाले आज शोक विज्ञप्तिमार्फत स्व. खड्काको निधनप्रति दुःख व्यक्त गर्दै उहाँको आत्माको चीरशान्तिको कामनाका साथ शोकसन्तप्त परिवारजनप्रति समवेदना प्रकट गर्नुभएको छ ।

स्व. खड्काका चार छोरा र छ छोरी हुनुहुन्छ ।