चलचित्र चलाउन भिडन्त

चलचित्र चलाउन भिडन्त


‘एनिहाउ आफ्नो फिल्म चलाऊ, एनिहाउ पैसा कमाऊ अनि एनिहाउ अरूलाई रुवाऊ’ अहिले यही मन्त्र जप्दै निर्माताहरू एक–आपसको भिडन्तमा अगाडि बढिरहेका छन् सिनेमा चलाउनका लागि । जबजब चाडबाड आउन थाल्छ तबतब निर्माताहरू आफ्नो चलचित्र रिलिज गर्नका निम्ति तँछाडमछाड गर्नतिर लाग्छन् ।
चार प्रतिशत जनताले पनि चलचित्र नहेर्ने अनि हलमा पुगेर नेपाली चलचित्र हेर्नुपर्छ भन्ने संस्कार हुर्कन नसकिरहेको अवस्थामा एक महिनामा नै सातवटा चलचित्र रिलिज भइदिँदा दर्शकहरूले कुन चलचित्र हेर्ने वा कुन नहर्ने ? उनीहरू आफैं पनि दोधारमा पर्ने गरेका छन् । यता सबै चलचित्रका निर्माताहरू आफ्नो चलचित्रलाई अरूको भन्दा ‘गजब’ छ भनेर भन्न पनि छाडेका छैनन् । यसरी एकसाथ प्रदर्शनमा आउने चलचित्रका निर्माताहरू एक–आपसमा नै एकले अर्काको कुरा काट्ने अनि ईष्र्या गर्नेजस्ता व्यवहार बजारमा देखापर्न थालेपछि हल सञ्चालकहरू पनि कुन सिनेमा लगाउने वा कुन नलगाउने ? दोधारमा पर्न थालेका छन् । एउटाको लगायो अर्को रिसाउने अनि अर्काको लगायो एउटा रिसाउने ? हल सञ्चालकहरूको गुनासो छ । यसरी भदौ महिनामा प्रदर्शनमा आउने र एक–आपसमा भिड्ने चलचित्रहरूमा भने हेलो प्रकृति, फोर्स, विन्दास, फुलस्टप, वर्षात्, खोज, ब्ल्याकमेल, बडीगार्ड र फेसबुक रहेका छन् । त्यसमध्ये पनि खोज, बडीगार्ड र ब्ल्याकमेल त एकै दिन अर्थात् भदौ २९ गते नै लाग्ने भएका छन् तर यी तीन चलचित्र कुनै पनि रूपमा आफूलाई कमजोर मान्न र पछि सर्न तयार देखिँदैनन् ।
त्यसो त निर्माताहरूको छाता सङ्गठन चलचित्र निर्माता सङ्घले निर्माताहरूलाई एकसाथ जुटाएर सहमतिमा चलचित्रको रिलिज गर्न आग्रह गरेको थियो । तर, कसैले पनि निर्माता सङ्घको आग्रहलाई मानेनन् । त्यसकारण पनि अन्तत: निर्माताहरू भिडन्तमा नै उत्रने भएका छन् । त्यसो त निर्माताहरूको छाता सङ्गठन चलचित्र निर्माता सङ्घले निर्माताहरूलाई एकसाथ जुटाएर सहमतिका चलचित्रको रिलिा गर्न आग्रह गरेको थियो । तर, कसैले पनि निर्माता सङ्घको आग्रहलाई मानेनन् । त्यसकारण पनि अन्तत: निर्माताहरू भिडन्तमा नै उत्रने भएका छन् ।
यसरी चलचित्रहरू एक–आपसमा भिड्दा मूलत: हल सञ्चालकहरूलाई मात्र फाइदा हुने देखिन्छ । हप्तैपिच्छे नयाँ–नयाँ चलचित्र हलमा लगाउन पाउँदा हलको आकर्षण बढ्न पुग्छ भने फिल्मी भाषामा इनिसियल व्यापार पनि हुन पुग्छ तर मारमा भने सीधै निर्माताहरू पर्छन् । चलिरहेको एउटा सिनेमामाथि अर्को नयाँ सिनेमा आउँदा बाध्य भएर हल सञ्चालकले अघिल्लो सिनेमा उतार्नुपर्ने हुन्छ । तर, यो कुरा निर्माताहरूले बुझ्न सकिरहेका छैनन् वा बुझेर पनि बुझ पचाइरहेको देखिन्छ ।
एक–आपसमा चलचित्रहरू भिड्दा निर्माताहरू आर्थिक मारमा पर्ने कुरा त निश्चित नै छ यता कलाकारहरू पनि तनावमा छन् यतिबेला । आफूले अभिनय गरेको दुई चलचित्र खोज र ब्ल्याकमेल सबै दिन लाग्ने भएपछि कुन सिनेमाको प्रचारप्रसारमा दौडने वा दर्शकहरूलाई कसरी कन्भिस गराउने ? दोधारमा छन् नायक सुमन सिंह । यसरी तिजलगायतका केही बिदा खानका लागि भिडन्तमा उत्रन लागेका यी सिनेमामध्ये कुन उकासिने वा कुन पछारिने हो ? अब त्यो हेर्न बाँकी छ ।

बेल्जियममा नवलको चर्तिकला
‘पशुपतिको जात्रा सिध्राको व्यापार’ भनेजस्तै यतिबेला चलचित्रकर्मीहरू एउटा कामका लागि विदेश जान्छन् अनि त्यही अवसरमा अर्को काम पनि गरेर फर्कन्छन् । यस्तै चलाखीपूर्ण काम गरेर केही दिनअगाडि निर्माता तथा अभिनेता नवल खड्काले ।
हुन त उनी आफ्नो चलचित्र ‘दशगजा’लाई युरोपमा रहेका नेपालीमाझ प्रदर्शन गराउनका लागि त्यता हुइँकिएका थिए । तर, खोटाङका बाठा नवलले युरोपमा गएपछि किन खाली हात जाने ? केही त गर्नुपर्‍यो नि भन्ने सोचेर लामो समयदेखि बेल्जियममा रहेका उज्ज्वल केसीको हात समाति हाले र एउटा म्युजिक भिडियो पनि खिचे । नेपालमा रहँदा सञ्चार क्षेत्रमा निकै सक्रिय उज्ज्वल केसीले निर्देशन गरेको सो भिडियोमा मोडलको रूपमा भने नवल र बेल्जियममा रहेकी इशा पौडेलको अभिनय रहेको छ । विदेशमा गएर म्युजिक भिडियोको सुटिङ गर्ने र त्यस्तो भिडियोमा अभिनय गर्ने आफ्नो भिडियोमा अभिनय गर्ने आफ्नो पुरानो सपना पूरा भएकोमा नवल पनि कम दङ्ग छैनन् । नवलले आफ्नो अर्धाङ्गिनी गायिका सत्यकला राईले गाएको गीतको भिडियो बनाएका थिए । कहिले सनसनीपूर्ण अन्तर्वार्ता दिएर त कहिले भाषण दिएर चर्चामा आइरहने र समय–समयमा विभिन्न चर्चिकला देखाइरहने नवलको बेल्जियमको म्युजिक भिडियो निर्मातालाई पनि एउटा चर्तिकलाको रूपमा लिन्छन् उनका फ्यानहरू ।

कल्याणको किन भएन कल्याण ?
कुनै समय यी तीन एक थिए । कल्याण घिमिरे, पुष्पराज पुरुष र पूजना स्त्री । तर, आज यी तीन तीनतिर छन् । एक समय हर्बोको बारेमा बखान गर्न नथाक्ने कल्याणले पुष्पराजलाई सम्बन्धकै आधारमा हिरो बनाएर छिराए सिनेमा क्षेत्रमा । उनीबाट कल्याणले फाइदा पनि खुबै लिए । पूजना स्त्रीले पनि खबै लुटिन पुष्पराजबाट । तर, अहिले हर्बो बन्द भएपछि पुष्पराजलाई कल्याण र पूजनाले मरेको मान्छेलाई जुम्राले छाडेझैं चटक्क छाडिदिइन् । एक समय हर्बोको बखान गरेर नथाक्ने कल्याण र पूजना अहिले हर्बोको नाम नै लिन चाहँदैनन् । त्यसो त ‘श्रीमान्’ नामक चलचित्रमा हर्बोको लगानी रहेको कुरा पनि बजारमा आएको होइन । यो चलचित्र कल्याणकै संयोजनमा बनेको थियो भने यसै सिनेमामार्फत नै पुष्पराज पुरुष र पूजना स्त्री नजिकिएका पनि थिए । नाम पनि यी दुईले मिलाएर राखेका थिए पछि ।
हर्बोका पुष्पराज यतिबेला प्रहरी नियन्त्रणमा छन् तर हर्बोकै कारण बजारमा चुरीफुरी देखाउन सफल कल्याण र जयसङ्गत भन्दै आफूलाई धार्मिक आस्थाकी युवती देखाउँदै हर्बोको ग्राहक बनाउँदै हिँड्ने पूजना भने खुलमखुला हिँडिरहेकी छिन् । यता चलचित्र श्रीमान्को प्रचारप्रसार गर्ने क्रममा मिडियाको रकम नदिने र मिडियामा बद्नाम भएका कल्याण फेरि अर्को फिल्म बनाउँदै छु भनेर भन्दै हिँड्ने थालेका छन् रे । उमेरले राजेश हमालसरह नै पुग्न लागेका कल्याण बीसौँ वर्षदेखि चलचित्र क्षेत्रमा छन् । उनीभन्दा पछि आएकाहरू माथि पुग्नु तर कल्याणको अहिलेसम्म कल्याण नहुनुमा भने उनको खराब नियत नै कारण हो भन्ने कुरा जानकारहरू बताउँछन् ।

म्युजिक भिडियो हुँदै चलचित्रतिर
म्युजिक भिडियोमा व्यस्त रहेका मोडल सुरज रानाभाट अचेल चलचित्रमा पनि निकै व्यस्त देखिन्छन् । छोटो समयमै सुरजले तीनवटा चलचित्रका मुख्य भूमिकामा अभिनय गर्न भ्याइसकेका छन् ।
‘अहिले चलचित्र सुटमा व्यस्त छु,’ सुरज भन्छन्, ‘अन्य तीनवटा चलचित्रको अफर आइसकेको छ ।’ ०५९ देखि अभिनय क्षेत्रमा लागेका सुरजले विनोद छिरिङसँग अभिनय सिक्दा नै एनके कायस्थको ‘त्यागी मान्छे’मा अभिनय गरेका थिए । त्यसपछि प्रसन्न पौडेल निर्देशित गायक सुनिल रानाभाटको गीत ‘मलाई भुल्यौ कि’को भिडियोमा मोडल बने ।
करिब चार वर्ष दुबई र बेलायतमा बिताएका सुरजले स्वदेश फर्किएपछि पुन: म्युजिक भिडियोमा मोडलिङ गर्न थाले । त्यसमध्ये विजय लामाको गीत ‘माया है बस्ला’को भिडियोमा नायिका केकी अधिकारी र सुरजको जोडी निकै चर्चित रह्यो । त्यसैगरी सुदीप शाही ठकुरीको गीत ‘केके गर्‍यौ’ उनी सुरजले सूक्ष्मामा अधिकारीसँग मिलेर प्रशंसनीय भूमिका निर्वाह गरे । गायक बादल प्रसार्इंको ‘नशालु ती’को भिडियोमा सुरजले मोडल हर्षिकासँग मिलेर अभिनय गरे ।
यस्ता दर्जनौँ म्युजिक भिडियोमा काम गरेको अनुभवका आधारमा सुरजलाई चलचित्र निर्देशकले अभिनेताका भूमिका दिए । उनले चलचित्रमा ‘म अनि तिमी’मा काम गरे भने चलचित्र ‘निशानी’मा प्रशान्त तामाङसँग काम गरे ।
एक वर्षको अन्तरालमा तीन चलचित्रमा काम गरेका सुरज अभिनीत चलचित्र ‘सुट’को छायाङ्कन पूरा भई पोस्ट प्रोडक्सनको काम भइरहेको छ । चलचित्र ‘सुट’मा सुरजले गलत काममा लागेको युवाको भूमिका निर्वाह गरेका छन् ।

तपाईंको दृष्टिमा
२०५० सालमा निर्माताको रूपमा नेपाल टेलिभिजन प्रवेश गरेका साहित्यकार तथा टेलिभिजनकर्मी टंक उपे्रतीको नाम यतिबेला टेलिभिजन क्षेत्रमा स्थापित भइसकेको छ । टेलिभिजन कार्यक्रमको विषयमा पोख्त उपे्रतीको चारवटा कवितासंग्रह, एउटा निबन्धसंग्रह र मिडियासम्बन्धी दुईवटा पुस्तक बजारमा आइसकेका छन् । यसै साता मात्र नेपालमा टेलिभिजन नामक उनले लेखेको पुस्तक बजारमा आउँदै छ । हाल उपे्रती नेपाल टेलिभजिनको स्रष्टा–सिर्जना र एनटीभी फोरम कार्यक्रम सञ्चालन गर्नुहुन्छ । विविध क्षेत्रमा सक्रिय उपे्रतीको भोगाइमा जीवन र जगत् के
हो ? तपाईंको दृष्टिमाका लागि राजन घिमिरेले साहित्य सर्जक एवम् सञ्चारकर्मी उपे्रतीसँग गरेको कुराकानी ।

० जीवन के हो ?
– रहस्यमय वास्तविकता
० प्रेम के हो ?
– अनुराग
० सुन्दरता के हो ?
– दृष्टि
० मन के हो ?
– अर्मूतता
० भावना के हो ?
– आन्तरिक तरंग
० विवाह के हो ?
– यात्रा
० बन्धन के हो ?
– सोच
० अपमान के हो ?
– असभ्यताको प्रदर्शन
० इज्जत के हो ?
– आत्मसम्मान
० बेइज्जती के हो ?
– ठेस
० मिलन के हो ?
– संयोग
० विछोड के हो ?
– विपरीत यात्रा
० जवानी के हो ?
– तेज
० बालापन के हो ?
– निर्माण
० तृष्णा के हो ?
– ऊर्जा
० रिस के हो ?
– आवेग
० जोस के हो ?
– उत्साह
० नसा के हो ?
– अनिवार्यता
० यौन के हो ?
– जीवनको रंग
० सन्तुष्टि के हो ?
– प्राप्ति
० कर्तव्य के हो ?
– अनिवार्यता
० विश्वास के हो ?
– धरातल
० असल के हो ?
– नैतिक
० खराब के हो ?
– अनैतिक
० सबैभन्दा ठूलो धोका के हो ?
– विश्वासघात
० दु:ख के हो ?
– सङ्घर्षको जननी
० सुख के हो ?
– अनुभूति
० खुसी के हो ?
– स्वर्ग
० आनन्द केमा छ ?
– काममा
० मित्र को हो ?
– स्वस्थ आलोचक
० शत्रु को हो ?
– पाखण्डी मित्र
० सङ्घर्ष के हो ?
– जीवन
० प्राप्ति के हो ?
– सत्य
० आस्था के हो ?
– जीवनको मार्ग
० धर्म के हो ?
– सही कर्म
० नैतिकता के हो ?
– असल
० चरित्र के हो ?
– अनुशासन
० ज्ञान के हो ?
– उज्यालो
० बुद्धि के हो ?
– ज्ञानको सार
० सम्झौता के हो ?
– सम्मान
० सृष्टि के हो ?
– सिर्जना
० गुरु को हो ?
– ठक्कर
० राजनीति के हो ?
– मियो
० देश के हो ?
– टेक्ने आधार
० समाज के हो ?
– बाँच्ने परिवेश
० पद के हो ?
– भ्रम
० विकास के हो ?
– रुपान्तरण
० व्यापार के हो ?
– भौतिक कर्म
० अनुशासन के हो ?
– आत्मनियन्त्रण