नेपाली श्रीमद्भागवत महापुराणको लोकार्पण

नेपाली श्रीमद्भागवत महापुराणको लोकार्पण


‘विद्यावतां भागवते परीक्षा’ अर्थात संस्कृतका विद्वानहरूको विद्वताको परीक्षा श्रीमद्भागवतबाट हुने कुरा यससँग सम्बध्द बुध्दिजीविहरूले एकसाथ व्यक्त गरे। उनीहरूले उक्त कुरा लक्ष्मीप्रसाद ज्ञवालीद्वारा अनुदित बृहत् ग्रन्थ नेपाली श्रीमद्भागवत महापुराणको लोकार्पण समारोहमा व्यक्त गरेका हुन्।

सेवा निवृत्त भई खाली बसेर दिन बिताउनु भन्दा केही गरौँ भन्ने भावनाले सात वर्ष लगाएर ज्ञवालीले श्रीमद्भागवतको अनुवाद गरेको कुरा समारोमा विद्वान पण्डितहरूले बताए।

संस्कृतमा शास्त्री र नेपालीमा एमए गरेका अनुवादक ज्ञवालीले रुद्री, चण्डी र लघु कौमुदी पढ्दै जाँदा भागवत् पाठ सुरु गरेर आजको अवस्थामा आइपुगेको बताए। कार्यक्रममा विद्वानहरूले ज्ञान नभई पुस्तक लेखिँदैन भन्दै यसका लागि श्रध्दा ,भक्ति र आस्था पनि हुनुपर्छ भन्ने धारणा अघि सारे ।

१८ हजार श्लोक भएको महापुराणलाई ठूलो आँट र हिम्मतका साथ अनुवाद गरेको कुरा पूर्वप्रशासक एवं संस्कृतका विद्वान कृष्ण ज्ञवालीले बताए।

कार्यक्रममा विद्वानहरूले मानिसको हात भगवानको सेवा र पूजा गर्नका निमित्त कान कथा सुन्न, आँखा मूर्ति एवम् स्वरूप दर्शन लागि, मुख कीर्तन गर्न र गोडा मन्दिर जानका निमित्त हुन् भन्दै समारोह पूर्ण रूपमा आध्यात्मिक बनेको देखिन्थ्यो ।

संस्कृत नजान्ने नेपाली मात्र पढ्ने र बुझ्नेलाई यस कृतिले भगवान श्रीकृष्णको बारे सम्पूर्ण कुरा ज्ञात भई मोक्षको बाटो मिल्ने कुरामा डा. लक्ष्मीकान्त पन्थीले विशेष जोड दिनुभएको थियो।

सिसार साहित्यिक पत्रिका परिवारको आयोजनामा भएको उक्त कार्यक्रममा उपस्थित आमन्त्रित विद्वानहरूलाई रूमाल दिएर स्वागत गरिएको थियो।