मेष
पाटी, पिकनिक तथा सेमिनारमा सहभागी भइएला । बौद्धिक विकास होला । लामो समयदेखि प्रतीक्षा गरिएको कार्य पूरा हुँदै जानेछ । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ । साताको अन्त्यमा मनमा निरासा र शरीरमा आलस्य आउला । महत्वपूर्ण अवसर गुम्न सक्नेछ । यो साताका लागि शुभअङ्क १, ३ र शुभरङ कलेजी रातो हो । कुनै शुभकर्म गर्नुअघि हनुमानजीको आराधना गरी यात्रा गर्नाले अधिक सफलता मिल्नेछ ।
वृष
शुभकार्यको चर्चा चल्नेछ । प्रेम र मित्रताको बन्धन कसिने बेला छ । रोकिएको काम दोहो¥याएर प्रयत्न गर्दा फाइदा हुनेछ । राजनीतिक क्षेत्रमा सफलता मिल्नेछ । साताको पहिलो दिनबाट खर्चिलो यात्रा रहला । बोलीको विपरीत अर्थ लाग्न सक्छ, संयम रहनुहोला । यो साताका लागि शुभअङ्क २, ९ र शुभरङ पहेँलो वा केसरी हो । कुनै शुभकर्म गर्नुपूर्व विष्णु भगवान्को दर्शन गरी आरम्भ गर्दा अधिक अधिक सफलता मिल्नेछ ।
मिथुन
आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ । वैदेशिक कार्य अघि बढ्नेछ । नयाँ–नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । धर्म, कर्म तथा समाजसेवामा मन लाग्नेछ । दैनिक कार्यमा प्रगति हुनेछ । काम देखाएर अरूको मन लोभ्याउन सकिनेछ । यो साताका लागि शुभअङ्क २, ५ र शुभरङ घिउरङ वा गुलाबी हो । कुनै शुभकर्म गर्नु पूर्वबिघ्नहर्ता गणेशजीको पूजा अर्चना गरी गरेको कार्यबाट अधिक सफलता मिल्नेछ ।
कर्कट
अधिकार प्राप्तिका लागि सङ्घर्ष गर्नुपर्ला । मनमा निरासा र शरीरमा आलस्य आउला । सामान हराउन सक्नेछ, सचेत रहनुहोला । साताको अन्त्यमा बुद्धिको उपयोग गर्दा जटिल ठानिएको कामसमेत सम्पादन हुन सक्नेछ । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । यो साताका लागि शुभअङ्क ३, ९ र शुभरङ रातो वा पहेँलो रङ हो । कुनै शुभकर्म गर्नुपूर्व वा दुर्गाजीको आराधना गरी यात्रा गर्नले अधिक सफलता मिल्नेछ ।
सिंह
दैनिक कार्यमा प्रगति हुनेछ । नजिकको व्यक्तिबाट कार्य पूरा हुनेछ । सहयोगी हातहरू अघि बढ्नेछन् । बैंकिङ क्षेत्रमा लगानी गर्दा फाइदा हुने योग छ । साताको अन्त्यमा आफूलाई अनुशासित र संयम बनाउनुपर्नेछ । पारिवारिक सम्बन्धमा चिसोपन देखिन सक्छ । यो साताका लागि शुभअङ्क ४, ७ र शुभरङ पहेँलो हो । कुनै शुभकर्म गर्नुपूर्व महालक्ष्मीजीको दर्शन गरी कार्य आरम्भ गर्दा अधिक सफलता मिल्नेछ ।
कन्या
बन्धु–बान्धवबाट सहयोग मिल्नेछ । परिवारमा सुखसन्तोष छाउनेछ । साहित्यिक क्षेत्रमा रुचि बढ्नेछ । घरमा अतिथिको आगमन हुनेछ । साताको अन्त्यमा आयआर्जन बढ्नुका साथै दिगो फाइदा हुने काम प्रारम्भ गर्न सकिनेछ । प्रेमसम्बन्ध र प्रणयप्रसङ्गका लागि पनि श्रेष्ठ समय रहेको छ । यो साताका लागि शुभअङ्क १, ९ र शुभरङ नीलो वा हरियो हो । कुनै शुभकर्म गर्नुपूर्व आफ्नो इष्टदेवताको स्मरण गर्नाले अधिक सफलता मिल्नेछ ।
तुला
घरमा अतिथिको आगमन हुनेछ । मुद्दा–मामिलामा विजय प्राप्त हुनेछ । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । लामो समयदेखि प्रतीक्षा गरिएको काम पूरा हुनेछ । प्रेम र मित्रताको बन्धन कसिनेछ । घरजग्गाको कारोबारमा सफलता मिल्नेछ । यो साताका लागि शुभअङ्क ३, ५ र शुभरङ सेतो वा घिउरङ हो । शुभकर्म गर्नुपूर्व वा यात्रामा जानुअघि बगलामुखीको ध्यान गरी कार्य आरम्भ गर्दा अधिक सफलता मिल्नेछ ।
वृश्चिक
कार्य सम्पादनमा समस्या आउला । वैदेशिक क्षेत्र कमजोर रहला । शरीर भारी र मन अस्थिर रहने सङ्केत देखिन्छ । साताको अन्त्यबाट सामाजिक कामबाट प्रशंसा मिल्नेछ । परिवारको सहयोगले महत्वपूर्ण कार्यको थालनी हुनेछ । अचल सम्पत्ति हात पर्ने योग छ । यो साताका लागि शुभअङ्क ६, ७ र शुभरङ रातो हो । कुनै शुभकर्म गर्नुपूर्व वा यात्रामा जानुअघि सूर्य भगवान्को ध्यान गरी कार्य आरम्भ गर्दा शुभफल प्राप्त हुनेछ ।
धनु
अनुहारमा कान्ति र मनमा शान्ति छाउनेछ । चिताएको कामले तीव्रता लिनेछ । साङ्गीतिक क्षेत्रमा रुचि बढ्नेछ । साताको अन्त्यमा अरूको वचन टाल्न नसक्दा दुःख पाइनेछ र खर्च पनि हुनेछ । बेसुरमा वचन दिने बानीले अप्ठ्यारो पार्न सक्छ । बुद्धिको प्रयोगले काम लिने चेष्टा गर्नुहोला । यो साताका लागि शुभअङ्क ५, ७ र शुभरङ सेतो वा पहेँलो हो । कुनै शुभकर्म गर्नुपूर्व शिवजीको ध्यान गरी आरम्भ गर्दा अधिक लाभ मिल्नेछ ।
मकर
प्रेममा सफलता पाइनेछ । कार्य सम्पादनमा सहजता मिल्नेछ । स्वास्थ्यमा सुधार आउला । पार्टनरसिपबाट राम्रो फाइदा मिल्नेछ । साताको पूर्वार्धबाट नयाँ योजना कार्यान्वयनमा ल्याउन मुस्किल पर्नेछ । यात्रामा मालसामान हराउन सक्छ । नयाँ व्यक्तिसँग भेटघाट हुने समय छ । यो साताका लागि शुभअङ्क ३, ८ र शुभरङ ध्वाँसे वा घुर्मैलो हो । कुनै शुभकर्म गर्नुपूर्व महाकालीजीको ध्यान गरी कार्य आरम्भ गर्दा शुभफल प्राप्त हुनेछ ।
कुम्भ
मंगल कार्यको योग छ । कला, साहित्य तथा सङ्गीतमा रुचि बढ्नेछ । नयाँ कार्यको योजना बन्नेछ । घरमा अतिथिको आगमन हुनेछ । विपरीत वर्गप्रति आकर्षण बढ्नेछ । सुन्दर पहिरनले व्यक्तित्वमा निखारता ल्याउनेछ । परिवारमा नयाँ सदस्यको आगमनले हर्ष बढाउनेछ । यो साताका लागि शुभअङ्क १, ३ र शुभरङ नीलो हो । कुनै शुभकर्म गर्नुपूर्व महासरस्वतीको दर्शन गरी कार्य आरम्भ गर्दा अधिक लाभ मिल्नेछ ।
मीन
महत्वपूर्ण कार्यमा व्यवधान आइपर्नेछ । अनावश्यक ठाउँमा धन खर्च होला । सरकारी निकायको भय रहला । साताको अन्त्यबाट विशिष्ट व्यक्तिको भेटघाटले मन प्रसन्न हुनेछ । भाग्यले विभिन्न अवसर जुराउनेछ । मुद्दामामिलामा विजय प्राप्त हुनेछ । यो साताका लागि शुभअङ्क २, ८ र शुभरङ हरियो हो । कुनै शुभकर्म गर्नुपूर्व वा यात्रामा जानुअघि महादेवको आराधना गरी कार्य आरम्भ गर्दा अधिक लाभ मिल्नेछ ।
प्रतिक्रिया