काब्य स्कुलमा स्पोर्ट्स मिट

काब्य स्कुलमा स्पोर्ट्स मिट


बानेश्वरमा अवस्थित काब्य स्कुलमा स्पोर्ट्स मिट सम्पन्न भएको छ । स्पोर्टस् मिटअन्तर्गत फुटबल, बास्केटबल, टेबुलटेनिस, ब्याडमिन्डन, तेक्वान्दो, उसु, कराँते, चेस, एथलेटिक्स, क्रिकेट, टक अफ वारलगायतका खेल सञ्चालन भएको थियो ।

विद्यालयमा अध्ययनरत बालबालिकाको ट्यालेन्ट हन्ट गर्नका लागि स्पोर्ट्स मिट आयोजना गरिएको काब्यका स्पोर्ट्स कोर्डिनेटर प्रज्वलप्रताप क्षत्रीले जानकारी दिए ।

स्पोर्ट्स मिटका अवसरमा विद्यालयका शिक्षकशिक्षिका र अभिभावकबीच मैत्रीपूर्ण फुटबल खेलको आयोजना समेत गरिएको थियो । यस्तै उसु, तेक्वान्दो र कराँते खेलको डेमोस्ट्रेसन गरिएको थियो ।

स्पोर्ट्स मिटका विजेतालाई पूर्व राष्ट्रिय फुटबल खेलाडी भीम थापा, काब्य स्कुलका प्रिन्सिपल नवराज बास्कोटा र डाइरेक्टर रिजन खड्कालगायतले पुरस्कार प्रदान गरेका थिए ।