आइटीएफ टेनिसमा चीनकी यिमिङ सेमिफाइनलमा

आइटीएफ टेनिसमा चीनकी यिमिङ सेमिफाइनलमा


चीनकी यिमिङ दाङ नेपाल आईटीएफ जुनियर यु–१८ टेनिस प्रतियोगिताको सर्किट–१ अन्तर्गत महिला सिंगल्समा माघ २५ गते विहीबार सेमिफाइनलमा प्रवेश गरेकी छिन् ।

सातदोबाटोस्थित टेनिस कोर्टमा यिमिङले भारतकी प्रिंकल सिंहलाई ६–१, २–६ र ६–३ को सेटमा पराजित गरिन् । सोही स्पर्धामा जापानकी कानोन यासुमोटोले भारतकी श्रीनिधि श्रीधरलाई ७–६(५) र ६–०, भारतकी दिब्या भानीले हङकङकी चुइ केइ लिउङलाई ७–५ र ६–३ तथा अमेरिकाकी रुतुजा छप्हल्करले जापानकी मनामी उकितालाई ६–१ र ६–१ को सेटमा हराउदै सेमिफाइनलमा स्थान सुरक्षित गरे ।

पुरुष सिंगल्समा जापानका ताइयो हिरानोले नाइथाउलिन केल्भिन गोल्मेईंलाई ५–७, ६–४ र ६–४, भारतका अनुराग अग्रवालले प्रशन्न प्रवीण बगाडेलाई ७–५ र ६–२, ताइपेईका चिया फन साउले वंश भग्तानीलाई ६–२ र ६–२ तथा जापानका ताइसेई कागेयामाले जैस्विन सिडानालाई ४–६, ७–५ र ७–५ को सेटमा पाखा लगाउदै सेमिफाइनलमा स्थान पक्का गरे । सेमिफाइनलमा पराजित चारै भारतका हुन् ।

अखिल नेपाल लनटेनिस संघको आयोजनामा भइरहेको प्रतियोगिताको पुरुष डबल्समा जापानका हिरानो र ताइपेईका साउको जोडीले भारतका वंश र जैस्विनको जोडीलाई ६–२ र ६–२ तथा चीनका वेनमाउ लि र याङझुवान लिको जोडीले जापानका दाइसुके इनागावा र कोगेयामाको जोडीलाई ६–३ र ६–४ को सोझो सेटमा पन्छ्याउदै फाइनलमा पुगे ।

महिला डबल्समा भारतका स्मृति भासिन र रुदया शाहको जोडीले भारतका अस्प्रित कौर वाज्वा र पुन्यातोया मोहपात्रको जोडीलाई ७–५ र ७–५ तथा हङकङकी लिउङ र भारतकी सान्या सिंहको जोडीले जापानका आयुमी हमा र यासुमोटोको जोडीलाई ६–१,३–६(१०–७) को सेटमा निराश पार्दै उपाधि भिडन्त पक्का गरे ।