राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव केशवकुमार विष्टले माघ २४ गते बुधबार खो–खो कभर्डहलको शिलान्यास गरेका छन् ।
बर्दियाको ठाकुरबाबा नगरपालिका– २ स्थित रानीपुरमा रहेको ५ कट्ठा जग्गा हातामा बन्न लागेको कभर्डहलको शिलान्यास गरिएको हो । निर्माण सम्पन्न गर्न करिब १ कराडे खर्च लाग्ने राखेपका प्रेस सल्लाहकार रोहित दाहालले जनाएका छन् । बर्दियामा मात्र खो खोका ७ राष्ट्रिय खेलाडी छन् ।
शिलान्यास कार्यक्रमलाई सम्बोधन गर्दै सदस्य–सचिव विष्टले आठौं राष्ट्रिय खेलकुदअन्तर्गत बर्दियामा ७ खेलको प्रतियोगिता सञ्चालन गरिने बताए ।
प्रतिक्रिया