चड्कन किन ? – सुविसुधा आचार्य

चड्कन किन ? – सुविसुधा आचार्य


अत्याचारको सिमाना, बढेर चड्कन हाने“ ।
मूल्य भाउले भर्‍याङ, चढेर चड्कन हाने“ ।।
मैखाऊ मैलाऊ भनेर, बनायौ देश ध्वस्त
काला कतुर्त जतिछन्, पढेर चड्कन हाने“ ।
रङ्गशाला भो होइन -, यो धर्ती तिमीलाई
मनोमानी बेहिसाब, गढेर चड्कन हाने“ ।
नाच्यौ बन्दै बुख्याचा, यो देश लिलाम गरी
तब त्रि्रा विचार, सढेर चड्कन हाने“ ।
आफंै बढ्न अगाडि, चलायौ रणनीति
अन्यायस“ग निसङ्कोच, लडेर चड्कन हाने“ ।
बअजबचथबकगदष्कगमजब२थबजयय।अom

नाङ्गै हुने बेला- श्रीषा पाल
फाटेको चोली
फाटेको फरिया
लाजै छोप्न थाह्रो भो
नया“ बस्त्रको पर्खाइमा
नाङ्गै हुने बेला भो

पुस-माघको जाडोमा
सुकिलो बस्त्रको आशमा
इज्जत ढाक्न गाह्रो भो
सिउ“दो सिन्दुर ओठको लाली
चौबाटोमा लिलाम भो

हाटहजारको भीडमा
आबरुलाई सम्हाल्दै
अघि बढ्न गाह्रो भो
पराईको कुनजर, आफ्नैको कर्तुलले
जोगिन साहै्र गाह्रो भो

गिद्दले देखेको मर्ने सपना
वास्तविक बन्ने हो कि क्या हो
मेरो हिमाल, पहाड र तराई
टुक्रिन्छ कि क्या हो
मनमा सन्त्रास चल्ने नै भो
नया“ वस्त्रको पर्खाइमा
नाङ्गै हुने बेला भो ।

हजारको नोट- रामकुमार बस्नेत
सेन्ट्रीमा बसेको सिपाहीलाई
हजारको नोटले साउती गर्‍यो
मित्र, तिमी भन्दा म नै बलियो
तिम्रो बन्दुक नपड्कन पनि सक्छ
बुलेट नलाग्न पनि सक्छ
तर मेरो एकपछिको तीन शुन्य
जहिले जहा“ पनि पड्कन्छ
जहा“ जसलाई पनि लाग्छ ।

पहिलो चरणमा केटाले भन्यो-
प्रिय म तिमीलाई असाध्यै माया गर्छु दोश्रो चरणमा केटीले आ“खा चिम्ली-
ल भन त कति माया गछौं –
तेस्रो चरणमा केटाले
हजारको नोट छातिभित्र घुसार्दै भन्यो-
अहिलेलाई यति नै हो ।
सोलखुम्बू, चौलाखर्क-९